मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव चैत्र १८ गते

टक-पटक अवरुद्ध हुँदै आएको मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव यही चैत्र १८ गते हुने भएको छ। त्यसका लागि कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयाेजक दीपेन्द्रबहादुर थापाका अनुसार चैत्र ७ गते सङ्गठन दर्ता, १२ गते मनाेनयन दर्ता गर्ने कार्यतालिका रहेको छ। यस्तै चैत्र १५ गते रातिदेखि मौन अवधि सुरु हुने छ भने १८ गते बिहान ७ […]

Continue Reading

फेरि रैती शासन व्यवस्था ल्याउने मूर्खता नगर्नुहोस्: मुख्यमन्त्री यामलाल कँडेल

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले फेरि रैती शासन व्यवस्था ल्याउँछु भनेर लाग्नु मूर्खता भएको बताएका छन्। राजावादीहरूलाई लक्षित गर्दै कँडेलले जनताको लामो संघर्षपछि प्राप्त लोकतान्त्रिक व्यवस्थाको विकल्प अझ उन्नत खालको लोकतन्त्र भएको बताएका हुन् । शनिबार वीरेन्द्रनगरमा आयाेजित राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई सम्बोधन गर्दै कँडेलले भने, ‘फेरि रैती शासन व्यवस्था ल्याउने मूर्खता नगर्नुहोस् ।’ जनताले लामो […]

Continue Reading

प्रेस स्वतन्त्र नभए लोकतन्त्र मासिन्छ : अध्यक्ष शर्मा

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्र हुन नसके लोकतन्त्र मासिने बताएकी छन् । शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा महासंघ कर्णाली प्रदेश समितिले आयोजना गरेको कर्णाली प्रदेशका पत्रकार महिलाका लागि व्यवसायिक पत्रकारितामा लैङ्गिक संवदेनशिला विषयक तालिमको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष शर्माले यस्तो बताएकी हुन् । अझै पनि समाचार लेखेकै भरमा पत्रकारहरु असुरक्षित हुने अवस्थाको अन्त्य […]

Continue Reading

सरकारले जनताको आशामाथि तुसारापात गरिरहेको छ : कृष्णकुमार विसी

पटक–पटक सरकारसँग असन्तुष्टि व्यक्ति गर्दै आएको सत्तारुढ दल नेपाली कांग्रेसले पुनः सरकार छाड्नुपर्ने बताएको छ । एमाले नेतृत्वको सरकारमाथि प्रश्न उठाउँदै कांग्रेस सांसद कृष्णकुमार विसीले आफ्ना (कांग्रेस) मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने बताएका हुन् । बुधबार बसेको प्रदेश सभा बैठकमा आक्रोशित हुँदै विसीले भने, ‘म दलको नेतालाई भन्न चाहन्छु, नेपाली कांग्रेसले अपजसमात्रै खप्नुपर्ने हो भने, हामी मगन्ते […]

Continue Reading

गृहमन्त्रीद्वारा प्रादेशिक आपत्कालीन गोदाम घर कर्णाली सरकारलाई हस्तान्तरण

सङ्घीयता कार्यान्वयनमा आएको सात वर्षपछि प्रादेशिक आपत्कालीन गोदमघर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । आइतबार बिहान एक कार्यक्रमका बिच गृहमन्त्री रमेश लेखकले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई उक्त घर हस्तान्तरण गरेका हुन् । विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने गोदमघरको व्यवस्थापन तथा सञ्चालन अब प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्नेछ । हस्तान्तरण […]

Continue Reading

सुर्खेत विमानस्थलमा यती एयरलाइन्सको परीक्षण सफल

यती एयरलाइन्सको सुर्खेत विमानस्थलमा परीक्षण उडान सफल भएको छ । यती एयरलाइन्सले कर्णालीमा सेवा विस्तारका लागि काठमाडौं–सुर्खेत उडान गर्न शनिबार परीक्षण उडान गरेको हो। एयरलाइन्सका अनुसार उडान परीक्षणका लागि ७२ सिटे एन नाइन एएमएन कलसाइन भएको जहाजले नेपालगन्ज–सुर्खेत र सुर्खेत–नेपालगन्ज उडान उडान भरेको थियो। परीक्षण उडानका लागि शनिबार बिहान १२ः१७ बजेको समयमा यतीको विमान सुर्खेत […]

Continue Reading

मध्यपश्चिम विश्वविद्यालयका ३ हजारभन्दा बढी विद्यार्थी दीक्षित

मध्यपश्चिम विश्वविद्यालयका ३ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार तेस्रो दीक्षान्त समारोहका अवसरमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तीन हजार आठ सय ४१ विद्यार्थीलाई दीक्षित गरेका हुन् । समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इन्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र समाजशास्त्र गरी सबै संकाय र स्कुलबाट स्नातक तहमा दुई हजार एक सय ८९ […]

Continue Reading

गणतन्त्र नागरिक सर्वोच्चताको प्रतिक : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको गणतन्त्र नागरिक सर्वोच्चताको प्रतिक भएको बताएका छन् । शुक्रबार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । उनले अहिले आफूहरूले ठिक शासन प्रणाली ल्याएको बताउँदै त्यो लोकतान्त्रिक गणतन्त्र भएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने, ‘कोही राजा हुने, कोही रैती हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । नागरिक सर्वोच्चताको […]

Continue Reading

दशौँ राष्ट्रिय खेलकुदको मिति पर सार्न मिल्दैन : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्लाई आग्रह गरेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिकोको मंगलबार बसेको बैठकमा कँडेलले पटक–पटक मिति सार्ने कामले प्रतियोगितालाई अन्यौल बनाएको बताएका हुन् । यस्तो गतिविधिले जनविश्वास गुम्ने हुँदा अब मिति सार्ने काम नगर्न खेलकुद परिषद्लाई कँडेलले आग्रह गरे । […]

Continue Reading

कर्णालीमा योजना छनोटमा हुने बेथिति रोक्ने कानुन स्वीकृत

मंगलबार बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले ‘आयोजना प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि’ स्वीकृत गरेको छ । मुख्यमन्त्री यामलाल कँडेल उक्त कार्यविधि स्वीकृत भएसँगै आगामी आर्थिक वर्षका लागि निर्माण गरिने बजेट निर्माणमा क्रममा हुने योजना छनोट प्रक्रियामा पूर्ण रूपमा सुधार आउने दाबी गर्छन् । पहुँचका भरमा झ्यालबाट योजना हाल्ने विकृत अवस्था अन्त्य गर्न कानुन नै […]

Continue Reading