सभापतिमा उम्मेदवारी दिन्छु : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन्। नेता कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवारी दिने गरी अघि बढेको बताए। उनले भने, ‘सबै एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ।’ सुर्खेतमा आज नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले भने, ‘अहिले कांग्रेस पूरै संस्थापन पक्ष हो। हामी […]

Continue Reading

संघीय सरकारको रवैयाले संघीयताप्रति वितृष्णा पैदा : पूर्वमुख्यमन्त्रीहरू

कर्णालीका पूर्वमुख्यमन्त्रीद्वय जीवनबहादुर शाही र राजकुमार शर्माले संघीयता कार्यान्वयनमा संघीय सरकार बाधक रहेको आरोप लगाएका छन्। वीरेन्द्रनगरमा बुधवार कर्णाली उत्सवमा खलंगा : शक्तिको सदरमुकाम सत्रमा बोल्दै पूर्वमुख्यमन्त्रीद्वयले यही तरिकाको संघीयताले प्रदेशको औचित्य समाप्त भई अन्ततः संघीयता धरापमा पर्ने खतरा औँल्याए। संघले अधिकार नदिएकै कारण प्रदेशले काम गर्न नसकेको उनीहरूको भनाइ थियो। ‘संघीयता बाध्यताले स्विकारेजस्तो देखिन्छ, […]

Continue Reading

प्रेस चौतारी कर्णाली अध्यक्षमा सिम्खडा, महासचिवमा शाही निर्वाचित

प्रेस चौतारी नेपाल कर्णाली प्रदेश अध्यक्षमा प्रेमराज सिम्खडा निर्वाचित भएका छन् । समितिको दोस्रो अभिवेशनले सिम्खडाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष खुलामा हिक्मत नेपाली (दैलेख), उपाध्यक्ष महिलामा सीता वली (सुर्खेत), महासचिवमा ओम शाही (सुर्खेत) र कोषाध्यक्षमा गीता थापा (सुर्खेत) निर्वाचित भएका छन् । सचिवमा जगतदल जनाला विक (सुर्खेत), नौरते […]

Continue Reading

कर्णाली सरकारका ८० प्रतिशत आयोजना कार्यान्वयनमा गएका छन् : मुख्यमन्त्री

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका ८० प्रतिशत आयोजनाहरू कार्यान्वयनमा गइसकेको बताएका छन् । समयका आयोजना सम्पन्न गर्ने उद्देश्यसहित समयमै आयोजना कार्यान्वयनका लैजाने कुरामा सरकार सचेत रहेको उनको भनाइ छ । बजेट वितरण, आयोजना छनोट र सरकारी पारदर्शिता सम्बन्धी जनगुनासोहरूप्रति ध्यानाकर्षण गराउँदै शनिवार वीरेन्द्रनगरका आयोजित प्रेस चौतारीको कार्यक्रमका कँडेलले भने, ‘हामीले जे बजेट प्राप्त […]

Continue Reading

कर्णाली प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने कर्णाली सरकारको निर्णय

कर्णाली प्रदेश सरकारले जारी गरेको ‘प्रदेश निजामती सेवा ऐन’ संशोधन गर्ने निर्णय भएको छ । बुधबार बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले संशोधन गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए । ‘ऐनमा केही समस्या थिए । कर्मचारीहरूले पनि कुरा उठाउनुभयो,’ शाहले भने, ‘उहाँहरूको मागलाई मध्यनजर गर्दै संशोधन गर्ने निर्णय गरिएको हो ।’

Continue Reading

स्थानीय सेवा ऐन संशोधनको माग गर्दै कर्मचारी आन्दोलनमा

यतिबेला कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेका स्थानीय तहका कर्मचारीहरू काम ठप्प पारेर प्रदेश राजधानी वीरेन्द्रनगरमा छन् । प्रदेश सरकारले जारी गरेको ‘स्थानीय सेवा (गठन र सञ्चालन) ऐन–०८१’ संशोधनको माग गर्दै उनीहरू माघ २२ गतेदेखि आन्दोलित छन् । दैनिक ५० देखि १०० जना स्थानीय तहका कर्मचारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटमा धर्नामा छन् । तर […]

Continue Reading

भारतको कुम्भ मेला जाँदै गरेका ३६ जना घाइते, ५ जनाको अवस्था गम्भीर

सुर्खेतको बबईमा भएको बस दुर्घटनामा ३६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । घाइते सबैलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा पठाइएको पनि उनले बताए । आइतबार बेलुका ५ः२० बजेतिर रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–५, को बबई स्थित सानो […]

Continue Reading

मुख्यमन्त्री कँडेलले राखे केन्द्र सरकारसँग ९ बुँदे माग

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्रीहरुबिच भएको भर्चुअल छलफलमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले केन्द्र सरकारसँग ९ बुँदे माग राखेका छन् । कँडेलले कर्णाली प्रदेशको आवश्यकता र केन्द्र सरकारले गर्नुपर्ने विषयहरु प्रधानमन्त्री समक्ष राखेका थिए । कँडेलले सबैभन्दा पहिला प्रदेश सरकारद्वारा भइरहेका विकास, सार्वजनिक सेवा प्रवाह र सुशासनको अवस्थाबारे जानकारी गराएका थिए । त्यससँगै जाजरकोट […]

Continue Reading

प्रेस चौतारी नेपाल सुर्खेतमा नयाँ नेतृत्व चयन

प्रेस चौतारी नेपाल सुर्खेतको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा मुना हमाल चयन भएकी छन् । नवगठित कार्यसमितिमा उपाध्यक्ष खुलातर्फ दिनेशकुमार बुढा र महिलातर्फ चन्द्रा कँडेल चयन भएकि छन् । यस्तै सचिवमा रजनी योगी, सहसचिवमा कुलेन्द्र शाही र तेज बहादुर राेकाय कोषाध्यक्षमा नबराज रोकाय चयन भएका छन् । सदस्यहरूमा कल्पना ढेंगा मगर, कल्पना हमाल, नन्द कठायत, विनोद […]

Continue Reading

दैलेखमा चार हजार किलोमिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास फेला

दैलेख भैरवी गाउँपालिका वडा नम्बर १ स्थित जलजलेमा चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास भण्डारणको सङ्केत पत्ता लागेको छ । शनिबार पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङको काम सकिएको हो । ड्रिलिङपछि नमुना निकालिएको छ । अब कति मात्रामा ग्यास रहेको छ र आर्थिक रूपमा कतिको लाभ लिन सकिन्छ ? भनेर अनुसन्धान भइरहेको खानी तथा […]

Continue Reading