भेरी अस्पताल घटना : छानबिन समितिद्वारा दीर्घकालीन समाधानसहितको प्रतिवेदन तयार


बाँकेस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणबारे छानबिन गर्न गठित छानबिन समितिले प्रतिवेदन तयार गरेको छ।

घटनाबारे छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टको संयोजकत्वमा समिति गठन भएको थियो। ७ सदस्यीय छानबिन समितिले २५ पृष्ठको प्रतिवेदन तयार पारेको बताइएको छ।

प्रतिवेदन आज प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाउने कार्यक्रम छ। प्रतिवेदन तयार भए पनि सार्वजनिक गरिएको छैन। समितिले घटनाको अनुसन्धान गर्नुका साथै दीर्घकालीन समाधानका उपायहरु पनि सुझाएको बताइएको छ।

छानबिन समितिले घटनाको स्थलगत अध्ययन, कुटपिट गरिएका चिकित्सक र स्वास्थ्यकर्मीहरू, पीडक, घटनाका प्रत्यक्षदर्शी तथा बिरामीका कुरुवासँग सोधपुछ गरेको थियो। प्रतिवेदनमा घटना हुनुको कारण र भविष्यमा त्यस्ता घटना हुन नदिन के गर्न सकिन्छ भनेर सुझावहरु पनि उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *