प्रेमको रासायनिक विज्ञान


फाइल फोटो

२० करोड वर्षअगाडि जब जैविक विकासको क्रम अगाडि बढ्दै स्तनधारी जन्तुहरूको विकास भयो । अब योभन्दा अगाडि बढ्न एउटा शेष गुणको दरकार पऱ्यो । लोभ, हिंसा, प्रतिस्पर्धाको आवेगहरूभन्दा माथि ( जसले गर्दा एक आपसमा सहयोग गरेर योभन्दा विकसित प्राणीमा विकसित हुन मद्दत पुगोस् ।
म भन्ने गर्छु कि प्रेम एउटा औसत दर्जाको आवेग हो । फेब्रुअरी १४ तारिकमा रातो गुलाब लिएर प्रेमिकाको गाडी घुँडा टेकेर प्रोपोज गर्दै गर्दा यो कुरा त्यो युवकले सुन्यो भने लठ्ठी लिएर मेरो पछि लाग्नेछ तर ऊ बिचरालाई के थाहा कि उसको दिमागमा भैरहेको त्यो भ्रमपूर्ण अवस्थाका लागि डोपामिन र अक्सिटोसिनजस्ता केही हर्मोन वा न्युरोट्रान्स्मिटरहरूले उसको मस्तिष्कको ‘लिम्बिक सिस्टम’ भनिने भागमा बितण्डा मच्चाइरहेका हुन्छन् ।

पत्याउनु हुन्न रु रासायनिक परिवर्तन बुझ्न चाहनु हुन्न भने इमेज हेर्नुहोला – प्रेमको जन्जालमा फस्नेहरूको मस्तिष्कको निश्चित भागमा परिवर्तनहरू देखिन्छन – प्राय गरी इनाम, प्रेरणा, आवेगहरू सम्बन्धित भागमा । प्रेम अब यौटा आत्मिक वा त्यस्तो अमूर्त हावा रहेन । प्रेममा डुब्नेहरूका लागि भने यो यस्तो महसुस हुन सक्छ – जुन एउटा भ्रम हो । कोही समयमा यस्तो मसिन हुनेछ जसले तपाईँको प्रेम छ छैन हेर्न सक्नेछ – मष्तिस्कको स्क्यान्निङ्ग गरेर ।

विज्ञानमा आधारित भएर लेख्दै छु – प्रेममा परेर सफल नहुनु भएका वा प्रेमले दुःख दिएर हायल कायल परेकाहरूले पढ्नुहोला र अरूले पनि – किनभने यो प्रेमले एकपल्ट कुनै न कुनै रूपमा सबैलाई दुःख दिएकै हुन्छ । अथवा दिनेछ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *