
स्याङ्जा: पशुपंक्षीको आहारा र दानाको लागत कम गर्न बैकल्पिक खेतीको रुपमा अजोला खेतीतर्फको आकर्षण स्याङ्जामा बढ्न थालेको छ । कोरोनाको कारण जारी गरिएको निषेधाज्ञाको समयमा ढुवानी असहज भएपछि पशुपंक्षीलाई खुवाउने दाना चापटको बिकल्पमा यो खेती फस्टाएको हो । लेउ प्रजातीको यो खेतीले ३० देखि ५० प्रतिशत दानाको खपत कम गर्ने भएपछि अहिले अजोला खेती गरिरहेका कृषकको फर्मलाई स्रोत केन्द्रको रुपमा विकास गदै अजोला वितरण गर्ने अभियान शुरु गरिने भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले जनाएको छ । यसको प्रयोगले दुग्धजन्य पशुमा दुधको बृद्धि गर्ने , मासुजन्य पशुपंक्षीमा तौलको बृद्धि गर्ने भएकोले अजोला खेती निकै फलदायी मानिएको छ ।