पहिलो पटक ८ नेपाली युवा नर्वे सेनामा भर्ती


नर्वे सेनामा पहिलो पटक ८ जना नेपाली युवा भर्ती भएका छन् । नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो । जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका छन् । उक्त कोटाका अनुसार भर्ती भएका सैनिकले पाँच वर्षका लागि कन्ट्रयाक्ट साईन गरेका हुन्छन् ।

सो अवधि सकिएसँगै उनीहरु घर फर्किन पनि पाउँछन् भने थप कन्ट्रयाक्ट लिन पनि सक्छन् । तर, यस भर्तीमा भने पेन्सनको व्यवस्था हुँदैन । भर्ती हुनका लागि अन्तर्वार्ता, शारिरिक व्यायामलगाएतका विभिन्न टेस्टहरु पास गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *