एसएसबिको सहकार्यमा मनाइयो र्दुव्यसनीविरुद्धको दिवस


नेपालगन्ज : लागुऔषध विरुद्धको ३४ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा बाँकेको जमुनाह नाकामा शनिवार सचेतिकरण र्याली गरिएको छ । सीमामा रहेका सुरक्षा संगठनहरुले संयुक्तरुपमा कार्यक्रम गरेका हुन् ।

शुक्रवार नेपाली सुरक्षा अधिकारीहरुको आयोजनामा कार्यक्रम भएकोमा शनिवार भने भारतीय एसएसविको सहकार्यमा कार्यक्रम भएको हो ।

रुपइहिया ग्राम पञ्चायतका प्रधान हाजी अब्दुल कलिमले लागुऔषध समस्या दुवै देशको साझा समस्या भएकाले यसको रोकथाम, नियन्त्रण र निदानमा दुवै देशबीच सहकार्य हुन जरुरी रहेको बताए । उनले दुर्व्यसनीविरुद्ध एक हुन सबैलाई आग्रह गरे ।

कार्यक्रममा एसएसवी असिस्टेन्ट कमान्डेन्ट सुकुमार देव बर्मन, इलाका प्रहरी कार्यालय जमुनाहका असइ पृथ्वीबहादुर बुढा, रुपइडिहा थानाका उप–निरीक्षक सुरेश सिंह, स्थानीय बुद्धिजीविलगायतको उपस्थिति रहेको सशस्त्र प्रहरी बल बिओपी जमुनाहका इन्चार्ज जीवन लाल बुढाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *