पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध विद्यार्थीहरुको संख जुलुस


काठमाडौंः  नेपाल आयल निगमले पेट्रोलिय पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा आन्दोलन गरिरहेका छन् । विद्यार्थी संगठनहरुले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ताका लागि असार २४ गते ७२ घण्टे अल्टिमेटम दिएको भएपनि मूल्यवृद्धि फिर्ता नगरिएको भन्दै आइताबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको थप कार्यक्रम घोषणा गरेको हो । नयाँ आन्दोलनको कार्यक्रममा असार २८ गतेदेखि नेपाल आयल निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र विक्रि गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने रहेको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताउनुभयो । संयुक्त विद्यार्थी संगठनहरुले एसइइ तथा कक्षा ११ र १२ को परीक्षामा देखिएका समस्या समाधानमा राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराएको छ । त्रिभुवन विश्वविद्यालयले लिनुपर्ने सबै परिक्षाहरु, एमफील र पीएचडीको समस्या तथा नयाँ विषयका निजीकरण समस्याका बारेमा विद्यार्थी संगठनहरुको संयुक्त डेलिगेसनमा राखेका माग पुरा नभएमा उपकुलपति र विश्वविद्यालयका विरुद्धमा थप संघर्ष गर्ने बताइएको छ । हिमालयन इन्स्युरेन्सलाई लाइसेन्स दिदाँ एक अर्ब भन्दा बढीको अवैध चलखेल भएकाले छानविनको माग गर्दै  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको छानविन गरी कारबाही प्रक्रिया अगाडी बढाउन पनि विद्यार्थी संगठनले माग गरेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *