माधव नेपाललाई एमालेमा कुनै स्थान छैन : केपी ओली


एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका ओलीले सम्बोधन गर्दै ओलीले अरु साथीहरुलाई कमजोरी स्वीकार गरेर आए पार्टीम स्वागत भए पनि नेपाललाई आत्मालोचना, कमिकमजोरी स्वीकार गरे पनि कुनै स्थान नभएको बताए। 

माधन नेपाल आफ्नै पार्टीको सरकार ढाल्न अगुवाई गर्ने व्यक्ति भएको बताए। अदालतमा निवेदन हालेर सँधै परामादेशबाट कृस्तिमा सरकार नपाइने चेतावनी उनले दिए।

पार्टी भित्र विभिन्न तत्वहरुको घुसपैठ भएको र पार्टीकै नेता नेपालको नेतृत्वमा सरकार ढाल्न कहिले राष्ट्रपतिकहाँ त कहिले अदालत गएको उनले बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *