
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादार अदालतमा हाजिर भएका छन् । भ्रष्टाचारको मुद्दा लागेर फरार भएको भनिएका गच्छादार बुधबार विशेष अदालतमा हाजिर भएका हुन् ।
उनीमाथि ललिता निवास प्रकरणमा मुछिएको मुद्दा लागेको छ ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । सोही जग्गा हिनामिना प्रकरणमा मुछिएका गच्छादारलाई अदालतले एक वर्षदेखि फरारको सुचिमा राखेको थियो ।
गच्छदारलाई तत्कालीन भौतिक निर्माणमन्त्रीका हैसियतमा मुद्दा चलाइएको हो । गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
