नेपाल घरेलु तथा साना उद्योग महासघं बाँकेको परिचयात्मक कार्यक्रम समापन, उद्योगी कोभिड खोप नपाएको गुणसो


घरेलु तथा साना उद्योग महासघं बाँकेको परिचयात्मक कार्यक्र समपन्न भएको छ । नयाँ आर्थिक बर्ष लागिरहँदा थप भएका उद्योगीहरु सँग परिचयात्मक कार्यक्र गरेको हो । । कार्यक्रममा उद्योगीहरुले विश्वभरी फैलिएको महामारीले प्रभाव परेपनि खोपको व्यवस्था नगरेको गुणसो गरेका थिए ।

परिचय कार्यक्रम नयाँ आर्थिक बर्ष २०७८–२०७९ , साउने सक्रान्ती मानाउदै नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके को कार्यालयमा मनाइएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले घरेलु महासंघ भवन निर्माणका लागि स्थानिय सरकार सँग समन्वय गरेर जग्गा उपलब्ध गराउने प्रतिबद्धता राख्नु भएको छ । लकडाउनका कारणले उद्योगीहरुले बैंकको व्याज तिर्न नसकेकोले उद्योगीहरुको घाउमा मलहम लगाउने काम प्रशासनले अगामी दिनमा गर्ने समेत जिकिर गर्नु भयो ।

जिल्ला प्रहरी प्रमुख श्याम अधिकारीले लकडाउनका कारणले उद्योगीहरुको चेक बाउन्स भएर धेरै उजुरी हुना आएकोले उद्योगीहरुलाई त्यस्ता अवैध काम नगर्न अग्राह गर्नु भयो । उद्योगीहरुले गलत काम नगरे प्रहरी उद्योगीहरुको साथ र सहयोगका लागि तत्पर रहेको बताउनु भयो ।
घरेलु तथा साना उद्योग महासंघ बाँकेले कोहल्पुर नगर स्तरिय नेपाल घरेलु तथा साना उद्योग महासंघ लाई भवन निर्माणको लागि रु ६५,००० प्रदान गरेको छ ।

हल सम्म घरेलुले उद्योगी, व्यपारी, किसानहरुको घरदैलोमा पुगेर सेवा प्रदान गर्दै आइरहेको छ । उनीहरुका लागि घरेलुले विभिन्न संघ संस्थाहरु सँग सहयोग लिएर सेवा प्रदान गरिरहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *