तटस्थ बसेका रेशम चौधरीले जेलवाटै गरे कित्ता क्लियर


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादका क्रममा निर्वाचन आयोगमा सनाखतका लागि उपस्थित हुँदा तटस्थ बसेका रेशम चौधरीले पनि कित्ता क्लियर गरेका छन् ।

उनले आधिकारीकता विवाद समाधान भए पछि आफ्नो कित्ता क्लियर गरेका हुन् । टिकापुर घटनामा दो षी ठहर गर्दै अदालतको आदेशवाट कारागारमा रहेका नेता रेशम चौधरीले आफू आधिकारिक पार्टीमै रहेको प्रतिक्रिया दिएका छन् ।

जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले ट्वीटरमार्फत चौधरी आफूहरुको पक्षमा रहेको खुलासा गरेका छन् । उनले आफुलाई टेलिफोनवाट पक्षका बारेमा खुलासा गरेको बताएका छन् ।

नेता खतिवडाले भनेका छन्, ‘माननीय रेशम चौधरीले फोनवार्तामार्फत व्यक्त गर्नु भएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताबिक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएको प्रष्ट गर्न चाहन्छु ।’

यसअघि खतिवडाले चौधरीमाथि कारवाही गरेको हल्ला निराधार भएको प्रतिक्रिया दिएका थिए । जसपामा कार्यविधाजनको प्रक्रिया चलिरहँदा चौधरीबारे खतिवडाले पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *