ओमान भ्रमणका लागि क्यानले टिम घोषणा गरेको छ।


काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिम ओमान प्रस्थान गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान प्रस्थान गरेको हो । 

नेपाल क्रिकेट संघ क्यानले नेपाली टिम सलाम एयरबाट ओमान प्रस्थान गरेको जानकारी दिएको छ । 

ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ । ज्ञानेन्द्र मल्ल , दिपेन्द्र सिंह एरी, कुशल भुर्तेल,आशिफ शेख,गुलशन झा,आरिफ शेख,कुशल मल्ल,बिनोद भण्डारी ,करण केसि , सोमपाल कामी, सन्दीप लामिछाने ,पबन सराफ , अबिनास बोहरा ,रोहित पौडेल , शुसन भारी,शरद भेषावकर ,बिक्रम सोव रहेका छ्न।

बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । 

नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ । सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेल्नेछ । नेपालले भदौ २० र २३ मा पपुवा न्युगिनीसँग खेल्ने तय भएको

लिग टु अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो । 

लिगमा नेपाल चार खेलमा चार अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *