राष्ट्रिय गौरवको आयोजना दू्रतगतिमा अघि बढाउन विद्यमान ऐन बाधक : बुद्धिसागर पौडेल


काठमाडौं भाद्र ०८ । बुद्धिसागर पौडेलले राष्ट्रिय गौरवको आयोजनालाई दू्रतगतिमा अघि बढाउन विद्यमान ऐनले नै जटिलता थपिदिएको बताउनु भएको छ ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. बुद्धिसागर पौडेलले राष्ट्रिय गौरवको आयोजनालाई दू्रतगतिका साथ अघि बढाउन विद्यमान ऐनले समस्या खडा गरेको उल्लेख गर्दै त्यसलाई संशोधन गरेर अघि बढन ढिलाई गर्न नहुने बताउनु भएको हो ।

मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा हुलाकी राजमार्ग निर्माण कार्यमा देखिएका समस्या समाधानका बारेमा छलफल गर्ने कार्यसूचि तय गरिएको थियो ।

सोही बैठकमा बोल्दै प्रवक्ता पौडेलले वन ऐन २०७६ को दफा ४२ संशोधन नगरे राष्ट्रिय गौरवको आयोजनाहरुलाई अघि बढाउन सहज हुने अवस्था नरहेको पनि समितिलाई जानकारी गराउनु भयो ।

उहाँले राष्ट्रिय वन प्रदेश सरकारको मातहत भएकाले संघीय सरकारले त्यसमा निर्देशन दिने अवस्था रहेकाले पनि राष्ट्रिय गौरवको आयोजनाको कामलाई अघि बढाउन समस्या भईरहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *