एनभिए भलिबल च्याम्पियनसिपः पुलिस र गलकोट अग्र स्थानमा


नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस क्लब छैटौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेका छन् ।

पुलिसले दोस्रो दिन मणिमुकुन्द भलिबल क्लबलाई ३ – ० सोझो सेटमा पराजित गर्दै अंक तालिकामा पहिलो स्थान बनाउन सफल भएको हो । पुलिसले मणिमुकुन्दलाई २१ – १४, २१–१५ र २१–१७ ले पराजित गरेको हो ।

प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा पनि पुलिसले दावाँली मिलन क्लबलाई पराजित गरेको थियो । पुलिस समूह बि मा ६ अंकका साथ पहिलो स्थानमा रहेको हो । यसै गरि गलकोट स्पोर्टस क्लबले पनि आफ्नो खातामा ६ अंक जोडेको छ ।

समूह ए मा रहेको गलकोटले प्रतियोगिताको पहिलो दिन बागमती प्रदेश माथि जित निकाल्दै ३ अंक जोडेको थियो । यस्तै दोश्रो दिन पनि गलकोटले प्रदेश नं २ माथि जित निकाल्दै थप तिन अंक जोडेको हो । गलकोटले बागमती प्रदेशलाई २५–२३, २५–२१ र २५–१८ ले पराजित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *