गृहनगर दमकमा तीन हजार बढी नेता कार्यकता एमाले भित्र्याउँदै अध्यक्ष ओली


झापा १२ पुस । तीन दिनका लागि झापामा रहनुभएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आज पनि व्यस्तता उस्तै छ । आज बिहान ९ बजे दमकमा विभिन्न पार्टी त्यागेर तिन हजार भन्दा धेरै एमाले प्रवेश गर्दै छन् ।

अध्यक्ष ओलीले स्वागत गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछ ।साढे ११ बजे गौरादह पोखरी र कृषि क्याम्पसको निरीक्षण कार्यक्रम रहेको छ । दिउँसो साढे १२ बजे देहाती गाउँ जुरोपानीमा पार्टी प्रवेश कार्यक्रम र डोरामारी माविको भवन निर्माणाधिन भवन निरीक्षणको कार्यक्रम रहेको एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।

दिउँसो २ बजे स्कूलचौन बजारमा पार्टीका विभिन्न कमिटीहरुले अध्यक्ष ओलीलाई बधाइ तथा सम्मान ज्ञापन गर्ने कार्यक्रम छ । त्यसपछि निर्माणाधिन रणनीतिक र प्रादेशिक सडकको निरीक्षण गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *