
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–९ मा पर्ने काँक्रेविहार क्षेत्रबाट विभिन्न समयमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरीक कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–९ को फुलबारी टोल स्थित फुटबल ग्राउण्डमा शंकास्पद रुपमा हिडिँरहेकाे अवस्थामा पक्राउ परेका छन् ।
बुधबार साँझ ५ः४५ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–३ का २० वर्षीय नरबहादुर बुढा, वीरेन्द्रनगर–९ का १९ वर्षीय सुरेन्द्र बुढालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।
