हुम्लामा खसेको पहिरो बाट विद्यालय भवन र गोठमा क्षति ।

हुम्लाको चङ्खेली गाउँपालिका– ५ नेप्का गाउँमा खसेको पहिरोले चङ्खेली– ५ डाँफेस्थित आधारभूत विद्यालय भवन र गोठमा क्षति पुर्‍याएको छ । गएराति एक्कासि असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठमा क्षति पुर्‍याएको चङ्खेली– ५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिएका छन । चङ्खेली– ५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ र त्यहाँ […]

Continue Reading

आईएनएफ सुर्खेतद्वारा पाँच थान स्पोटर्स व्हील चियर सहयोग।

आईएनएफ सुर्खेतले कर्णाली प्रदेश पारा ओलम्पिक कमिटीलाई पाँच थान स्पोटर्स व्हील चियर सहयोग गरेको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको समन्वयमा आज एक कार्यक्रमका वीच आईएनएफले कर्णाली प्रदेश पारा ओलम्पिक कमटीलाई पाँच लाख ५० मूल्यका स्पोटर्स व्हील चियर सहयोग गरेको हो । सामाजिका विकास मन्त्रालयका शिक्षा तथा सामाजिक शाखा प्रमुख सुर्वण खड्का र आईएनएफ […]

Continue Reading

प्रधानन्यायाधीशमा शर्माको नाम संसदीय समितिबाट अनुमोदन।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सदस्य आनन्दप्रसाद ढुंगानाले जानकारी दिए । अब राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछन। समिति बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्माले न्यायिक सुधारसम्बन्धी कार्ययोजना पेस गरेका थिए । साथै उनले सांसदहरूले सोधेका […]

Continue Reading

वडासचिवलाई धम्क्याउने युवक पक्राउ।

प्रहरीले वडासचिवलाई धम्की दिने युवकलाई पक्राउ गरेको छ । आफूलाई जेनजी अभियन्ता भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई फोनबाट धम्की दिने प्रकाश खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । आफू प्रधानमन्त्री कार्यालयको भन्दै वडासचिव भण्डारीलाई धम्की दिएका खड्कालाई पक्राउ गरिसकिएको काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिए । उनले भण्डारीलाई […]

Continue Reading

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावले इन्धन र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको असर विकास निर्माणमा पर्न नदिन तत्काल संघीय सरकारले कदम चाल्नु पर्ने बताएका छन् । शुक्रबार कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको ध्यानाकर्षण पत्र बुझ्दै उनले मध्यपूर्वमा बढ्दो तनावका कारण इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धि हुँदा कर्णालीसहित देशभर विकास निर्माण प्रभावित भएको विषयलाई […]

Continue Reading

प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुँदै।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ आयोजना हुने भएको छ । पर्यटन प्रवद्र्धनसँगै लगानीमैत्री वातावरण सृजना गर्न र अन्तरदेशीय पहुँच विस्तार गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड, वीरेन्द्रनगर नगरपालिका र होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको संयुक्त आयोजनामा उक्त्त सम्मेलन हुन लागेको हो । आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै आगामी जेठ ९ देखि ११ […]

Continue Reading

कांग्रेसको कर्णाली विकास र सुशासनका लागी २१ बुँदे संकल्प पारित ।

नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा वैशाख २८ र २९ गतेको कर्णाली प्रदेश भेलाले कर्णालीको विकास र सुशासनका लागी २१ बुँदे संकल्प पारित गरेको छ।  कर्णाली प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि तथा पार्टीका प्रदेश, स्थानीय र जिल्ला तहका नेतृत्वबिचमा भएको संवाद, विषयगत छलफल र विस्तृत अन्तर्क्रियाको आधारमा भेलाले २१ बुँदे संकल्प पारित […]

Continue Reading

एसइई नतिजा सार्वजनिक, ६५.९८ प्रतिशतभन्दा बढी विद्यार्थी ग्रेडेड ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार कुल ६५.९८ प्रतिशतभन्दा बढी विद्यार्थी ग्रेडेड भएका छन्। बोर्डका अनुसार २ लाख ८४ हजार १६० जना ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ जना ननग्रेडेड भएका छन्। यो नतिजा अघिल्लो वर्षको तुलनामा चार प्रतिशत सुधार भएको बोर्डले जनाएको छ। विभिन्न जिपिए […]

Continue Reading

राजनीतिक दलमा आवद्ध भएको पाइए निजामती कर्मचारी बर्खास्त हुने।

राजनीतिक दलमा आवद्ध भएको पाइए निजामती कर्मचारीलाई तत्काल बर्खास्त गर्ने भएको छ।   सरकारले सोमबार आफ्नो बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राजनीतिक दलमा आवद्ध भए वा सो प्रकारका कुनै पनि गतिविधिमा संलग्न रहेको पाइए कर्मचारीलाई  बर्खास्त गर्ने भएको हो। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक गतिविधिमा संलग्न भएका कर्मचारी भविष्यमा […]

Continue Reading

सरकारी बजेटबाट बनेका सरंचना दुरूपयोग होइन संरक्षण गर्नुस : मुख्यमन्त्री कँडेल।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेटबाट बनेका संरचना दुरूपयोग नगरी सबै नागरिकले आफ्नो सम्पत्ति सम्झेर संरक्षण र सदुपयोग गर्नुपर्ने बताएका छन् । बराहताल गाउँपालिका–८ नं. वडाको नवनिर्मित वडा कार्यालय भवनको शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले संघ, प्रदेश र स्थानीय तहबाट प्राप्त हुने बजेट र उक्त्त बजेट बाट निर्माण गरिएका भौतिक संरचनाहरू प्रभावकारी रूपमा […]

Continue Reading