राँगोको मार हान्न म्याग्दीमा ४ लाख ९२ हजार बोलकबोल।

असोज,१४ । म्याग्दी रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) चार लाख ९२ हजार रुपैयाँको बोलकबोल भएको छ । मंगलबारको कालरात्रीमा भएको खुला बडीबढाउमा (एकघण्टाको समय सिमा) रघुगंगा गाउँपालिका– २ नागनागी निवासी भगवान खत्रीले सबैले भन्दा धेरै चार लाख ९२ हजार रुपैयाँ रकम तिर्ने कबोल […]

Continue Reading

अन्ततः संसद विघटन गर्ने सहमति, प्रधानमन्त्री पदमा सपथ लिने पहिलो महिला सुशीला कार्की ।

अन्ततः लामो कसरत पछि संसद विघटन गर्ने सहमति भएको छ। शीतल निवासमा जारी सर्वपक्षीय छलफलले संसद विघटन गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ।यसअघि राजनीतिक दलहरूले संसद विघटनको विपक्षमा उभिँदै आएका थिए। संसद विघटन गर्ने सहमति भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सपथ लिने भएकी हुन। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त […]

Continue Reading

एमालेको संगठित सदस्य ६ लाख ६२ हजार ९ सय ६१, ६४ हजार ७ सय ६ कमिटी फर्मेशन ।

गोदवारी ललितपुर, २० भदौ । नेकपा (एमाले)को पछिल्लो नविकृत पार्टी सदस्यहरु ६ लाख ६२ हजार ९ सय ६१ जना रहेका छन् । यो संगठित पार्टी सदस्य संख्या १० औं महाधिवेशन पछि ३० प्रतिशतले बृद्धि भएको हो । पार्टि महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन। पोखरेलले प्रतिवेदन पेश गर्दै पार्टीमा […]

Continue Reading

कर्मचारीको अवकाश उमेर ऐन लागु भएको वर्ष ५८ नै कायम । निजामती विधेयक प्रतिवेदनको मस्यौदा (पूर्णपाठ सहित)

काठमाडौं । निजामती विधेयक अन्तर्गत कर्मचारीहरूको अवकाश उमेर ऐन लागु भएको बर्ष ५८ नै कायम रहने भएको छ । लामो समयदेखि राष्ट्रिय सभा भित्र छलफलमा रहेको उमेरहदको बिषय पहिलो बर्ष ५८ नै रहनेगरि टुंगिएको छ। यसअघि अवकाश उमेर ५९ वा ६० वर्ष बनाउने विषयमा पटक पटक बहस चलिरहे पनि मंगलबारको छलफलले ऐन लागू भएको वर्ष […]

Continue Reading

आरएचभिएपीको अस्थायी कार्यालय स्थापना ।

कर्णाली प्रदेश कृषी मन्त्रालय अन्तर्गत उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम , प्रादेशिक कार्यक्रम व्यवस्थापन कार्यालय (आरएचभिएपी)को अस्थायी कार्यालय वीरेन्द्रनगर सुर्खेतमा स्थापना भएको छ । सोमबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उत्त कार्यालयको शुभारम्भ गरेका हुन् ।  शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री शाहले कार्यालयको स्थापना अर्को व्यवस्थापन नभएसम्मका लागि अस्थायी कार्यालयको रुपमा रहने […]

Continue Reading

मध्यपश्चिम विश्वविद्यालयको पाँच वर्षे रणनीतिक योजना निर्माणको फ्रेमवर्क तयार गर्ने निर्णय।

मध्यपश्चिम विश्वविद्यालयको पाँच वर्षे रणनीतिक योजना निर्माणको फ्रेमवर्क तयार गर्ने निर्णय भएको छ। विश्वविद्यालयको पाँच वर्षे रणनीतिक योजना निर्माण समितिको दोस्रो पूर्ण बैठकले सोमवार विश्वविद्यालय स्थापनाको मूलभूत उद्देश्य पूरा गर्नुका साथै वैज्ञानिक एवम् वस्तुवादी योजना निर्माण गर्ने गरी फ्रेमवर्क तयार पार्ने निर्णय गरेको हो । बिश्वबिध्यालयका निर्देशक एव पाँच वर्षे रणनीतिक योजना निर्माण समितिका संयोजक […]

Continue Reading

तीन तहकै सरकारबीच समन्वय गर्न आवश्यक : मुख्यमन्त्री कँडेल ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ हुन समन्वयको आवश्यक रहेको बताएका छन । विकास र समृद्धिको गन्तव्यमा पुग्ने बाटो सहज गराउन तीन तहको सरकारको सहकार्य र समन्वयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका हुन । आज कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सङ्घ […]

Continue Reading

मन्त्री न्यौपानेको ऐतिहासिक र साहसिक निर्णय : देशभरका गाउँपालिका र नगरपालिका निमित्त प्रप्रअ शून्य।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आइरहेका गाउँपालिका र नगरपालिकामा विहीबार देखि प्रमुख प्रशासकिय अधिकृत खटाए सँगै निमित्त प्रप्रअको जिम्मेवारी शुन्य भएको छ। मन्त्रालयको यस निर्णयसँगै अब देशभरका सबै गाउपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृत राख्ने परम्परा अन्त्य भएको छ । संघीय मामिला तथा सामान्य […]

Continue Reading

प्रेस चाैतारीले बुझायो पार्टिको आसन्न दोस्रो विधान महाधिवेशनका लागी सुझाव ।

काठमाडौं, भदाै १२ । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनका लागि बिहीबार आफ्ना सुझावहरू महासचिव शङ्कर पोखरेललाई बुझाएको छ । समसामयिक बिषय उठान गरी तयार गरिएको सुझावपत्र प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत, जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, प्रेस चौतारी नेपालका इन्चार्ज राजेन्द्र गौतमलगायतको उपस्थितिमा संगठनका […]

Continue Reading

एमाले कर्णालीको लेखापरीक्षण प्रतिवेदन पारित।

सुर्खेत– नेकपा एमाले कर्णाली प्रदेशको सचिवालयको सातौं बैठकले गत आर्थिक वर्षको आन्तरिक लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । विहीबार वीरेन्द्रनगरमा बसेको सचिवालयको बैठकले सो प्रतिवेदन पारित गर्नुका साथै अन्तिम लेखापरीक्षणका लागि केन्द्रीय लेखा आयोगसमक्ष पठाउने निर्णय गरेको हो ।साथै बैठकमा आसन्न विधान महाधिवेशनमा मातहतका कमिटीले दिएका सुझावलाई मनन् गर्दै केन्द्रीय पदाधिकारीमध्ये कर्णाली प्रदेशबाट कम्तीमा एउटा […]

Continue Reading