सबैको सामूहिक प्रयासबाट नै कर्णालीको विकास सम्भव छ : मुख्यमन्त्री कँडेल।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार र स्थानीय तहसहित सबैको सामूहिक प्रयासबाट मात्र कर्णालीको विकास सम्भव हुने बताएका छन्। उनले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सबै तहका सरकार तथा सरोकारवालाबीच साझा बुझाइ, समन्वय र सहकार्य आवश्यक रहेको बताए। कर्णाली प्रदेश योजना आयोगले सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेश विकास परिषद्को चौथो बैठकलाई सम्बोधन […]

Continue Reading

तलब वृद्धि २१ प्रतिशत नै हो : अर्थमन्त्री वाग्ले

काठमाडौँ, जेठ १७ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब वृद्धि २१ प्रतिशत नै भएको दाबी गरेका छन्। बजेट भाषणपछि कर्मचारी वृत्तमा सरकारले झुक्याएको र वास्तविक वृद्धि निकै कम भएको भन्दै व्यापक असन्तुष्टि बढेपछि सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा आयोजित विशेष पत्रकार सम्मेलनमा मन्त्री वाग्लेले यस्तो स्पष्टीकरण दिएका हुन्।  […]

Continue Reading

महिलाको निर्णायक उपस्थिति बिना विकास सम्भव छैन: नगर प्रमुख ढकाल ।

सुर्खेत ,१६ जेठ ।वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले महिलाको निर्णायक उपस्थिति बिना विकास सम्भव नरहेको बताएकी छिन। श्री ज्योति फाउन्डेशनको आयोजनामा शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको दोस्रो कर्णाली छोरी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख ढकाललेराज्यका हरेक संरचना र निर्णय प्रक्रियामा महिलाको सक्षम तथा निर्णायक उपस्थिति सुनिश्चित गर्नुपर्ने बताएकी हुन। उनले महिला अधिकारका लागि भएका […]

Continue Reading

सुर्खेतमा ‘कर्णाली छोरी सम्मेलन’ दोस्रो संस्करण” भोलि देखि सुरु हुने।

सुर्खेत, १५ जेठ ।कर्णाली प्रदेशका छोरीहरूको सशक्तिकरण, सीमान्तकृत समुदायको प्रतिनिधित्व र नेतृत्व विकासका लागि भोलिदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा दुई दिने ‘कर्णाली छोरी सम्मेलन-२०८३’ को दोस्रो संस्करण सुरु हुने भएको छ। श्री ज्योति फाउन्डेसनको आयोजना तथा कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको समन्वयमा सञ्चालित यस सम्मेलनमा प्रदेशका ७९ वटै स्थानीय तहका २०० भन्दा बढी छोरीहरूको […]

Continue Reading

सुर्खेतमा पहिलो प्रदेश स्तरीय मेयर कप फुटबल प्रतियोगिता हुने, विजेताका लागी पुरस्कार राशि ४ लाख ।

वीरेन्द्रनगर, सुर्खेत ।कर्णाली प्रदेशमा खेलकुदको विकास र स्थानीय प्रतिभा प्रवर्द्धन गर्ने उद्देश्यका साथ वीरेन्द्रनगरमा “प्रथम मेयर कप फुटबल प्रतियोगिता–२०८३” आयोजना हुने भएको छ। कर्णाली प्रदेश फुटबल संघको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा यो प्रतियोगिता सञ्चालन हुन लागेको फुटबल संघले बिहिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । प्रदेश स्तरीय यस ऐतिहासिक प्रतियोगिताको पहिलो संस्करण […]

Continue Reading

सुर्खेतमा टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएको छ। 

सुर्खेतको भेरीगंगा नगरपालिका–२ कालपानीस्थित भित्री सडकखण्डमा टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएको छ।  बुधबार राति करिब ८ बजेको समयमा कालपानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०६४७ नम्बरको टिप्परले ठक्कर दिँदा पैदलयात्री भेरीगंगा नगरपालिका–२ कालपानी बस्ने २३ वर्षीय कमल वलीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार टिप्परको ठक्करबाट गम्भीर घाइते […]

Continue Reading

अबदेखि गणतन्त्र दिवसमा राष्ट्रपतिले सम्बोधन गर्ने ।

अबदेखि गणतन्त्र दिवसमा राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन्। अहिलेसम्म प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्ने परम्परा भएपनि यसपटक देखि राष्ट्रपतिले गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्ने भएका हुन्। ‘गणतन्त्रको प्रतीक राष्ट्रपति हुनाले गणतन्त्र दिवसको समारोहलाई प्रधानमन्त्रीलेभन्दा राष्ट्रपतिले नै सम्बोधन गर्नु नै उपयुक्त हुन्छ भन्ने मौखिक आग्रह प्रधानमन्त्रीका तर्फबाट पहिलादेखि नै भइरहेको थियो, तर पछिल्लो मन्त्रिपरिषद बैठकबाटै निर्णय […]

Continue Reading

नागरिकले अनुभव गर्ने गरी सेवामा लाग्ने सुर्खेत एसपीको भनाइ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) ठाकुरप्रसाद पोखरेलले आम नागरिकले अनुभव गर्ने गरी सेवा प्रवाहमा लाग्ने बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आयोजित पत्रकार परिचयात्मक कार्यक्रममा बोल्दै एसपी पोखरेलले शान्ति सुरक्षामा नागरिकले महशुस गर्ने गरी सेवामा खटिने बताएका हुन् । अहिलको समयमा कुरा भन्दा कामबाटै आफ्नो क्षमता र परिणाम देखाउने समय […]

Continue Reading

हुम्लामा खसेको पहिरो बाट विद्यालय भवन र गोठमा क्षति ।

हुम्लाको चङ्खेली गाउँपालिका– ५ नेप्का गाउँमा खसेको पहिरोले चङ्खेली– ५ डाँफेस्थित आधारभूत विद्यालय भवन र गोठमा क्षति पुर्‍याएको छ । गएराति एक्कासि असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठमा क्षति पुर्‍याएको चङ्खेली– ५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिएका छन । चङ्खेली– ५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ र त्यहाँ […]

Continue Reading

आईएनएफ सुर्खेतद्वारा पाँच थान स्पोटर्स व्हील चियर सहयोग।

आईएनएफ सुर्खेतले कर्णाली प्रदेश पारा ओलम्पिक कमिटीलाई पाँच थान स्पोटर्स व्हील चियर सहयोग गरेको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको समन्वयमा आज एक कार्यक्रमका वीच आईएनएफले कर्णाली प्रदेश पारा ओलम्पिक कमटीलाई पाँच लाख ५० मूल्यका स्पोटर्स व्हील चियर सहयोग गरेको हो । सामाजिका विकास मन्त्रालयका शिक्षा तथा सामाजिक शाखा प्रमुख सुर्वण खड्का र आईएनएफ […]

Continue Reading