नेपाली समाजमा जातीय विभेद र छुवाछुत क्रमश घट्दै

काठमाडौंः राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बि.कले पछिल्ले समय नेपाली समाजमा जातीय विभेद र छुवाछुत क्रमश घट्दै गइरहेको बताउनुभयो । छुवाछुत विरुद्धको राष्ट्रिय दिवसको अवसरमा आयोजित एक भर्चुअल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अहिले जातिय विभेद गर्नुहुन्न भन्ने प्रचारप्रसार हुने गरकोे भन्दै यदाकदा विभेदको घटना घट्ने गरेको बताउनुभयो । नेपाली समाजले विभेद गर्नु […]

Continue Reading

घाँस बिक्री गरेर जिवन गुजारा गर्ने घाँसियारन समुदायका मानिसलाई दैनिक छाक टार्न धौ धौ

कोरोना नियनत्रणका लागी सरकारले जारी गरेको निषेधाज्ञाका कारण बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका ८ का घाँसियार समुदाय मारमा परेका छन् । घाँसियार समुदुायका मानिसहरु पुस्तो देखि घाँस बिक्री गर्दै आफनो दैनिक गुजार चलाउँदै आएका छन् । घाँस बेचेरनै दैनिक गुजारा टार्ने घाँसियारहरुलाई निषेधाज्ञाका कारण गुजारा टार्न धौ धौ परेको छ । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा […]

Continue Reading

कस्ता व्यक्तिहरुलाई बढी सताउँछ ब्ल्याक फंगस (कालो ढुसी) ले ?

कोभिड १९ को महारामारीले सताइरहेका बेला नेपालमा पनि ब्ल्याक फंगस नामक कालो ढुसी रोगका बिरामी देखिन थालेका छन् । पछिल्लो समय भारत र नेपालमा देखिएको ब्ल्याक फंगस रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई बढी सताउने गरेकाे पाइएकाे छ । आँखा, नाकलगायत अनुहारमा गम्भीर हानि पुर्‍याउने र ज्यानैसमेत लिन सक्ने भएकाले नेपालीमा कालो ढुसी भनिने यो रोगबारे […]

Continue Reading

भेरी अस्पताल घट्ना छानबिन समितिले २५ बुदे प्रतिबेदन बुझाइयो, सिडियो मर्फात सर्वजनिक (प्रतिवेदन सहित)

Continue Reading

जंगलमा बेवारिसे अवस्थामा भेटिएको लोपोन्मुख सेतो रतुवा मृगलाई सदर चिडियाखानामा ल्याइयो

काठमाडौंः जंगलमा बेवारिसे अवस्थामा भेटिएको लोपोन्मुख सेतो रतुवा मृगलाई सदर चिडियाखानामा ल्याइएकोछ ।  घाँस काट्न जाँदा मानिसले भेटेर ल्याइएको सेतो रतुवा मृगलाई सब डिभिजन वन कार्यालय खोपासी र डिभिजन वन कार्यालय काभ्रेले सदर चिडियाखानालाई जिम्मा लगाएको हो । सदर चिडियाखानाका भेटनिरियन डा. पर्वतजंग थापाले सेतो रतुवामृग चिडियाखानाले जिम्मा लिएको बताउनुभयो । अभिभावक गुमाएको अवस्थामा भेटिएको […]

Continue Reading

१८ हजार १ सय मेट्रिक टन धानको बीउ बिक्री वितरण

काठमाडौंः  यस वर्ष १८ हजार १ सय मेट्रिक टन धानको बीउ बिक्री वितरण भएको छ । बीउ बिजन गुणस्तर केन्द्रका अनुसार नेपालमा सूचीकृत धानको जात मध्ये १४ हजार मेट्रिक टन र विदेशबाट ल्याइएका विभिन्न जात मध्ये ४१ सय धानको बीउ विक्री भएको छ । ७५ प्रतिशत किसानले आफैले राखेको धानको बीउ प्रयोग गरेका छन् भने […]

Continue Reading

‘सम्माननीय राष्ट्रपति भण्डारी हाम्रो शान, मान र गौरव हो’

गौरी ओली महिलाहरुलाई राजनैतिक घोषणामार्फत विशेष अधिकार दिलाउने उक्त दिन २०६३ जेठ १६ को विशेष सम्झना गर्दै यसमा सहयोग पुर्याउनुहुने सम्पूर्ण अग्रजहरुमा हार्दिक धन्यवाद र अधिकार प्राप्त गर्न सफल सम्पूर्ण नेपाली महिलाहरुमा हार्दिक बधाई भन्न चाहान्छु। जेठ १६ मा प्राप्त उपलब्धि लगायत इतिहासदेखि वर्तमानसम्म आइपुग्दा नेपाली महिलाहरुले थुप्रै अधिकार र उपलब्धिहरु हासिल गरेका छन। यी […]

Continue Reading

राजदरबार हत्याकाण्डको दुई दशक पूरा भएपनि रहस्य गर्भमै

काठमाडौँ – तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ । पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, राजकुमार […]

Continue Reading

ठाकुरसहित चार नेता निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई

जनता समाजवादी पार्टी (जसपा) ले अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई पार्टीबाट निष्काशित गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेका थिए। राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ को (१) (२) र (३) बमोजिम दलको दर्ता किताबबाट नाम हटाई […]

Continue Reading

सरकार र थरुहट संघर्ष समितिबीच ६ बुँदे सहमति : आरोपित रेशमलाल चौधरी, धनीराम चौधरी, लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता

काठमाडौं–: सरकार र थरुहट संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ ।थारु कल्याणकारिणी सभा, थारुहट, थारुवान संयुक्त संघर्ष समितिबीच टिकापुर घटनामा आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी, लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि पहल गर्ने सहमति भएको छ । यसैगरी थरुहट […]

Continue Reading