लागु औषधमुद्दामा फरार प्रतिवादी पटवारी पक्राउ

लागु औषधमुद्दामा फरार प्रतिवादीलाई बाँके प्रहरीले आज पक्राउ गरेको छ । जानकी गाउँपालिका–६ पिप्रहवाका २५ बर्षीय पटवारी लोधलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । लोधलाई तीन वर्ष अघि जिल्ला अदालतले दोषी ठहर गर्दै ११ दिनको कैद फैसला सुनाएको थियो । ७५ साल माघ ९ गते दोषी ठहर भएका उनी फरार थिए । उनलाई घरबाटै पक्राउ […]

Continue Reading

अमेरिकी दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने घोषणा

 शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिइने भएको छ ।अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ । उहाँहरूले हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अङ्गालोको न्यानोपना महसुस […]

Continue Reading

ट्राफिक प्रहरीले चोरीका २१ मोटरसाइकल धनीलाई बुझायो

 ट्राफिक प्रहरीले चोरीका२१ मोटरसाइकल धनीलाई बुझायोमहानगरीय ट्राफिक प्रहरीमहाशाखाले हराएका २१ वटा मोटरसाइकल तथा स्कूटर सम्बन्धित सवारी धनीलाईबुझाएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमआयोजना गर्दै महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट हराएका २१ वटामोटरसाइकल र स्कूटर सवारी धनिलाई जिम्मा लगाएको हो । हराएका मोटरसाइकल सवारीधनीलाईजिम्मा लगाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक(एसएसपी) जनक भट्टराईले हराउनु […]

Continue Reading

श्री एअरलाइन्सको जहाज घाँसे मैदानतर्फ चिप्लियाे

 काठमाडौंबाट नेपालगञ्गका लागि उड्ने क्रममा रहेको श्री एअरलाइन्सको जहाज ट्याक्सी पार्कको घाँसे मैदान तर्फ चिप्लिएको छ । पूर्ण क्षमतामा यात्रु बोकेको एन एएनएफ जहाज प्राविधिक समस्या भएपछि घाँसे मैदानतर्फ चिप्लिएको विमानस्थल स्रोतले जनाएको छ । ८० जना यात्रु बोक्न सक्ने क्षमता भएको जहाजमा सामान्य क्षति पुगेको छ

Continue Reading

खाद्यले आउँदो शुक्रबार देखि खसीबोका बिक्रि सुरु गर्ने

 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो असोज २२ गतेदेखि खसीबोकाको विक्रि वितरण सुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दशैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ । गत वर्ष एक हजारवटा खसीबोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसीबोका मात्रै विक्रि वितरण गर्न […]

Continue Reading

नोकिया ब्राण्डमा नयाँ एन्ड्रोइड ट्याब्लेट सार्वजनिक हुँदै

  नोकियाले बजारमा नयाँ एन्ड्रोइड ट्याब्लेट ल्याउने भएको छ । नोकिया मोबाइलले ट्वीटरमा ट्वीट गर्दै अक्टोबर ६ मा यो ट्याब्लेट सार्वजनिक हुने जानकारी दिएको छ । एचएमडी ग्लोबलले आफ्नो स्वामित्वमा लिएपछि पहिलोपटक नोकिया ब्राण्डमा ट्याब्लेट सार्वजनिक हुन लागेको हो । यसअघि २०१४ मा तत्कालीन स्वामित्वकर्ता माइक्रोसफ्टले नोकिया ब्राण्डमा ट्याब्लेट ल्याएको थियो । ट्वीटरमा सार्वजनिक भएको टिजरले ट्याब्लेटबारे धेरै […]

Continue Reading

जनशक्ति कम भएका कारणले बजार अनुगमनलाई प्रभावकारी बनाउन सकिएन: प्रेमलाल महर्जन (भिडियो सहित )

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले जनशक्ति कम भएका कारणले बजार अनुगमनलाई प्रभावकारी बनाउन नसकिएको बताउनुभयो । आइतवार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘बजार अनुगमन र शान्ति सुरक्षाको अवस्था विषयक चेतनामूलक अन्तरक्रिया कार्यक्रम’मा बोल्दै अध्यक्ष महर्जनले वाणिज्य विभागको जनशक्ति कम भएका कारणले अनुगमनलाई प्रभावकारी बनाउन नसकेको बताउनुभएको हो । उपभोक्ताको हित र […]

Continue Reading

यूएईमा प्रहरीको विमान दुर्घटना, ४ जनाको मृत्यु

संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा शनिबार विमान दुर्घटना हुँदा दुई पाइलटसहित चार जनाको मृत्यु भएको छ । अबुधाबी प्रहरीको एयर एम्बुलेन्स दुर्घटना हुँदा दुई पाइलटसहित एक चिकित्सक र एक नर्सको मृत्यु भएको प्रहरीले जनाएको छ । अबुधाबी प्रहरीका अनुसार पाइलट खामिस सइद अल होली, नसेर मुहम्मद अल रशिदी, डा शहिद फारोक घोलम र […]

Continue Reading

‘तीव्र शहरी क्रियाकलापको लक्ष्यः कार्वनरहीत विश्व’ भन्ने नाराका साथ विश्व बसोवास दिवस मनाइने

‘तीव्र शहरी क्रियाकलापको लक्ष्यः कार्वनरहीत विश्व’ भन्ने मूल नाराका साथ यस वर्ष विश्व बसोवास दिवस मनाइने भएको छ । नेपालमा पनि भोलि सोमबार यस वर्षको विश्व बसोवास दिवस मनाउन लागिएको हो । शहरी विकास तथा भवन निर्माण विभागले आईतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी दिएको हो । कार्यक्रममा विश्व बसोवास दिवस २०७८ मूल […]

Continue Reading

जमुनाह नाकामा लगाइएको सवारी साधन निषेध आजदेखि खुल्यो।

नेपालगन्जको जमुनाह नाकामा लगाइएको रोक पूर्णरुपमा हटेको छ । आजदेखि दुवै देशका सवारी साधान निर्वाधरुपमा आउजाउ गर्न दिइएको छ । नेपाली नम्वर प्लेटका जीपकार, मोटरसाइकल, रिक्सा, साइकलहरु आजैदेखि रुपैडिया जान र भारतीय नम्वर प्लेटका प्राइभेट सवारी साधन पनि आउन दिइएको जमुनाह प्रहरीले जनाएको छ । नाका सुचारु हुँदा दुवै देशका नागरिकहरुले खुसी भएका छन् । […]

Continue Reading