हराएका र चोरी भएका मोटरसाइकल हस्तान्तरण (भिडियो सहित )

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले हराएका र चोरी भएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महाशाखाले घुस फिर्ता गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान तथा चोरी भइ भेटिएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले २४ वटा हराएका मोटरसाइकल र स्कूटर काठमाडौं उपत्यकाबाट […]

Continue Reading

बाँकेमा भन्सार छली ल्याइएको अबैध सामान बरामद

जिल्ला प्रहरी कार्यालय बाँकेले एक लाख बराबर मुल्यको अबैध सामान बरामद गरेको छ l नेपालगंज उपमहानगरपालिका वडा नम्बर-१० बिधुत कार्यालय जाने बाटोमा भन्सार छली ल्याइएको सामान जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले बरामद गरेको हो l जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेको सामान लत्ताकपडा, मिक्चर मेसिन ,मोबाइल कभर, छोगड़ा लगायतका विभिन्न सामान अन्दाजी मूल्य […]

Continue Reading

पाँच महिनापछि खुल्यो बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया राष्ट्रिय निकुञ्ज आजदेखि खुलेको छ । कोरोना भाइरस महामारीका कारण ५ महिना अघि निकुञ्ज बन्द गरिएको थियो । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइएको निकुञ्जले जनाएको छ । जङ्गल सफारी, ¥याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो […]

Continue Reading

कोहलपुरका विधालय आजदेखी संचालन

बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि विद्यालय संचालनमा आएका छन् । कोरोना संक्रमणको दोस्रो लहरसँगै बन्द भएका विद्यालय आजदेखि संचालनमा आएका हुन् । आजदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले जानकारी दिनुभयो । भौतिकरुपमै पठनपाठनको लागि विद्यालयले कोभिड–१९ जोखिमरहित वातावरण सिर्जना गर्ने र सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना पूर्णरुपले गर्नुपर्ने […]

Continue Reading

ईश्वरीलाल श्रेष्ठ पुरस्कार डा. प्रेमराज पन्तलाई प्रदान

 प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार २०७८ प्राध्यापक डाक्टर प्रेमराज पन्तलाई प्रदान गरिएको छ । प्राध्यापक ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने ईश्वरीलाल श्रेष्ठ पुरस्कार यस वर्षका लागि नेपालको वाणिज्य शिक्षाको उन्नयनमा योगदान पु¥याउनुहुने व्यवस्थापन संकायका पूर्व डिन तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर पन्तलाई एक कार्यक्रमका बीच प्रदान गरिएको हो । नेपालमा २०११ साल भाद्र […]

Continue Reading

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तिय प्रगति पनि ७७ प्रतिशत काम सम्पन्न भइसकेको हो । अब विमानस्थलमा साना केही प्राविधिक कामहरु मात्रै बाँकी रहेकोले आइसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्याण्डको एरोथाइ कम्पनीले प्राविधिक पठाए १० दिनमै विमानस्थलको सबै काम सम्पन्न […]

Continue Reading

नवलपरासी दुर्घटना अपडेटः दुर्घटनामा ३ जनाको मृत्यु , २४ जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोटमा बस र ट्रक आज (मंगलबार) बिहान आपसमा ठोक्किँदा मृत्यु तथा घाइते भएकाको पहिचान खुलेको छ।  गैँडाकोट–१० स्थित २३ स्मृति पुलनजिक काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र–२–००१ नम्बरको बस र ना६ख ७१२६ नम्बरको ट्रक आज बिहान ४ बजेतिर आपसमा ठोक्किएका हुन्। दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएको प्रहरीले जनाएको […]

Continue Reading

रासायनिक मलको अभाव हुन नदिन सरकारसँग सांसदहरुको माग

 प्रतिनिधिसभाका सांसदहरुले रासायनिक मलको अभाव हुन नदिन सरकारसँग माग गरेका छन । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसदहरुले रासायनिक मल ल्याउन ढिला भइसकेको भन्दै सरकारले यसमा गम्भीर चासो दिनुपर्ने बताएका हुन् । छलफलमा भाग लिँदै सांसद छविलाल विश्वकर्माले सरकारले रासायनिक मल ल्याउँछु र आउनेक्रममा भएको बताएपनि अब […]

Continue Reading

शाहू अवधी पत्रकार संघ नेपाल बाँके शाखाको अध्यक्ष

अवधी पत्रकार संघ नेपाल बाँके शाखाको अध्यक्षको जिम्मेवारी पत्रकार नन्दलाल शाहूलाई दिइएको छ । अवधी पत्रकार संघ नेपाल केन्द्रीय समितिको भाद्र २२ गतेको बैठकले बाँके शाखाको कार्यावाहक अध्यक्षकाको जिम्मेवारी शाहूलाई दिइएको छ । संघ केन्द्रीय समितिले सोमबार जारी गरेको प्रेस बिज्ञप्तिमा गर्दै संघका बाँके जिल्ला शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले आफनो व्यक्तिगत व्यस्तताको कारण देखाई केही […]

Continue Reading

कोशी रिफ्रेसमेन्ट सेन्टर आयोजना अन्यौलमा

 प्रदेश १ को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर अलपत्र परेको छ । बजेट अभावका कारण सो राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको हो । उक्त आयोजनाका लागि प्रदेश सरकारले बजेटको व्यवस्था नगरेपछि अलपत्र बन्न पुगेको कोशी रिफ्रेसमेन्ट सेन्टर, सुनसरीका आयोजना प्रमुख मिलन आचार्यले बताउनुभयो । आयोजना प्रमुख आचार्यले जग्गा अधिग्रहण समेत सकेर संरचना […]

Continue Reading