केपी ओलीलाई बाबुराम भट्टराईले दिए बधाई

काठमाडौं – एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले बधाई दिएका छन् । नेता भट्टराईले सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष ओली र उनको टिमलाई बधाई दिएका हुन् ।  उनले  विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न […]

Continue Reading

बझाङमा २५ किलो लागु औषधसहित एक महिला पक्राउ

बझाङ-प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् । सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए।

Continue Reading

केपी ओली भन्छन् : नेताहरु जनताको सेवक हुन्, घमण्ड गर्नु हुँदैन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले मंगलबार शपथग्रहण समारोहमा बोल्दै सो कुरा बताएका हुन् ।  उनले घमन्डी र अहंकारी नेता नहुने पनि बताए। उनले नेतालाई जनताको सेवक भएको भन्दै सभ्य र सरल हुनुपर्ने बताए । उनले […]

Continue Reading

सर्बाधिक मत ल्याएर उपाध्यक्षमा अष्टलक्ष्मी बिजयी

काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सर्बाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य उपाध्यक्षमा निर्वाचित भएकी छिन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् । त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापाले १७६८ र घनश्याम भुसालले ७२५ मत पाएका छन् । यो सँगै ६ जना उपाध्यक्ष […]

Continue Reading

एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित

घनश्याम भुसाल नेकपा एमालेको दसौं महाधिवेशनबाट उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए। मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले अरू ६ जना उम्मेदवारभन्दा कम मत पाएका हुन्। उपाध्यक्षमा सबैभन्दा धेरै अष्टलक्ष्मी शाक्यले मत पाएकी छन् भने दोस्रोमा सुरेन्द्र पाण्डेले रहेका छन्।  शाक्यले […]

Continue Reading

एमालेको अध्यक्षमा केपी ओली विजयी

काठमाडौं | नेकपा एमालेको दशौं महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली भारी मतले निर्वाचित भएका छन् । उनले भीम रावललाई भारी मतले पराजित गरेका हुन् ।  निर्वाचनमा दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । जसमा ओलीले १९०० मत ल्याएका छन् भने रावलले १९६ मत ल्याएका छन् । विद्युतीय मेसिनबाट […]

Continue Reading

निर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामा बस्ने

नेकपा (एमाले)को दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने भएको छ । नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थल, सौराहामै हुने तय भएको नेता विष्णु रिजालले जानकारी दिनुभयो । एमालेमा नयाँ नेतृत्व चयनका लागि आज विहान मतदान भएको छ । अहिले मतगणना जारी छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरुका लागि […]

Continue Reading

एमाले महाधिवेशन मत परिणामः अध्यक्षमा ओलीको ९१० मत, रावलले ल्याए ७१ मत

नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मत गणना जारी छ । निर्वाचन आयोगका अनुसार पछिल्लो मतपरिणाममा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ९१० मत ल्याउँदा भीम रावलले ७१ मत पाएका छन्।

Continue Reading

ओलीले ५ सय बढी मत ल्याउँदा रावालको १ सय पनि पुगेन

चितवन : नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत चितवनमा नयां नेतृत्व चयनको लागि भएको मतको परिणाम आउन सुरु गरेको छ। जस अन्तर्गत अध्यक्षको लागि उम्मेदवारी दिएका केपी ओली र भिम रावलको प्रारम्भिक नतिजा यतिबेला बाहिर आउन थालिसकेको छ। निर्वाचन आयोगका अनुसार ओलीले ५ सय बढी मत ल्याउँदा रावलले सय भन्दा कमै मत ल्याएका छन्। चितवनको […]

Continue Reading

एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ ।  दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र […]

Continue Reading