आगजनी र तोडफोडमा संलग्नहरुलाई फौजदारी संहिता अनुसार कारबाही गर्ने तयारी

काठमाण्डौको तीनकुनेमा हिजो भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरुलाई सरकारले फौजदारी संहिताअनुसार कारबाही गर्ने तयारी गरेको छ । गृह मन्त्रालयले राजावादीको प्रदर्शनलाई हिंसाको संज्ञा दिएको छ । आगजनी, तोडफोड र लुटपाटका घटना कुनै क्षमायोग्य नभएकाले कानूनबमोजिम कारबाही हुने गृहले जनाएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर यस्ता अमानवीय र गैरकानूनी गतिविधिमा संलग्न नहुन सबैसँग आग्रह पनि […]

Continue Reading

तीनकुने घटनामा आयाेजक नै जिम्मेवार : गृह मन्त्रालय

गृह मन्त्रालयले आज काठमाण्डाैकाे तीनकुने क्षेत्रमा राजावादीकाे प्रदर्शनलाई लिएर गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । मन्त्रालयका सहसचिव छवि रिजालले विज्ञप्तिमार्फत राजवादीकाे प्रदर्शनमा तीनकुने क्षेत्रमा स‌ंविधानप्रदत्त विचार र अभिव्यक्तिकाे स्वतन्त्रता र विना हातहतियार शान्तिपूर्व भेला हुने स्वतन्त्राकाे उपहास गर्दै हिंसात्मक गतिविधि भएकाे बताउनुभएकाे छ । व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत […]

Continue Reading

आतङ्क फैलाउनु राजावादीहरूको चरित्र हाे : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताहरूको संज्ञा दिनुभएको छ । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा आज काठमाण्डाैमा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरूको प्रतीकजस्तो बनेको टिप्पणी गर्नुभयो । उहाँले घरमा आगो र प्रहरीमाथि समेत ढुङ्गा प्रहार गरेकोप्रति आपत्ति जनाउँदै एक/दुई जना मान्छे मारेर देशभर […]

Continue Reading

रुकुमपश्चिममा सुख्खा पहिरोले विद्युत सेवा अवरुद्ध

रुकुमपश्चिममा निर्माणाधीन नुवाकोटडाँडा–बैरागीठाँटी सडक विस्तारको क्रममा सुख्खा पहिरो खसेपछि विद्युत सेवा अवरुद्ध भएको छ । बुधबार बेलुका सडक बिस्तारको क्रममा मुसीकोट नगरपालिका १२ जमारीमा सुख्खा पहिरो खसेपछि विद्युको पोल भाँचिनुका साथै विद्युत लाइनको तारमा समेत समस्या आएको विद्युत वितरण केन्द्र रुकुमपश्चिमले जानकारी दिएको छ । केन्द्रका इलेक्ट्रिकल फोरमेन प्रेम प्रकाश चापागाईका अनुसार सुख्खा पहिरोको कारण […]

Continue Reading

राजा हुने आश नगरे हुन्छ : शेरबहादुर देउवा

पाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने बताउनुभएको छ। बिहीवार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानवअधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका नेपालीले लडेर लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भन्दै अब यो व्यवस्था हट्न नसक्ने […]

Continue Reading

कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा आज पनि संसद् बैठकमा अवरोध

कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा विपक्षीहरूले आज पनि संसद् बैठकमा अवरोध गरेका छन् । राष्ट्रियसभाको बैठक शुरू हुनासाथ विपक्षीहरूले अवरोध गरे । विपक्षीको अवरोधले आधा घण्टाका लागि स्थगित भएको बैठक फेरि शुरू हुन सकेन । प्रतिनिधिसभाको बैठक भने शुरू नै नभई भोलिसम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजेका लागि सारिएको […]

Continue Reading

हुम्लामा बेलिब्रिज संचालन

हिमाली जिल्ला हुम्लामा भित्रिने यातायातका साधनहरुलाई अब खोला तर्नु नपर्ने भएको छ । यसअघि बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको पिलु खोलामा पुल नहुँदा खोला तर्नु पर्ने अवस्था रहेको भए पनि हाल बेलिब्रिज सञ्चालनमा आएपछि उक्त समस्या हटेको हो । सुर्खेतबाट हुम्ला जिल्लाका लागि नियमित बोलेरो जिप चलाउदै आएका चालक पुरन रावतले पिलु खोलामा बेलिब्रिज निर्माणपछि सहज […]

Continue Reading

प्रतिनिधिसभा बैठक भाेलि बस्ने

प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । आज बसेको पहिलो बैठक अवरुद्ध भएपछि केही समयका लागि स्थगित भएको थियो । दोस्रो पटक बसेको बैठक पनि प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक भाेलि बिहीवार बस्ने जानकारी दिनुभयो । यसअघि सभामुख घिमिरेले पटक–पटक सदन सञ्चालनको वातावरण बनाउन प्रतिपक्षी दलका सांसदहरूलाई अनुरोधसहितको रुलिङ गर्नुभएको थियो […]

Continue Reading

कुलमानलाई बर्खास्त गरिएकाेबारे प्रधानमन्त्रीले चित्त बुझ्दाे जवाफ नदिए सदन चल्दैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चित्त बुझ्दो जवाफ दिनुपर्ने बताउनुभएको छ । सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले घिसिङलाई बर्खास्त गरिएकाेबारे प्रधानमन्त्री ओलीले चित्त बुझ्दो जवाफ नदिए प्रतिनिधिसभाको बैठक चल्न नदिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, […]

Continue Reading

गभर्नर सिफारिसका लागि समिति गठन

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय ‘सिफारिस समिति’ गठन भएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । सिफारिस समिति सदस्यहरूमा पूर्व गभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य रहेका छन् । अहिलेका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन […]

Continue Reading