राप्रपाको महामन्त्री पदमा नायिका रेखा थापाको उम्म्मेदवारी घोषणा

काठमाडौं ।  राप्रपाको महामन्त्री पदमा  नायिका रेखा थापाले उम्म्मेदवारी घोषणा गरेकी छन् ।  काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।  राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै उनले पार्टीका शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन् । थापाले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताइन् […]

Continue Reading

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिन सुदूरपश्चिमका नाकामा कडाइ

बैतडी-दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ। भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ। भारतमा ओमिक्रोनको सङ्क्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने भएकाले सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा […]

Continue Reading

हुम्लामा हिमपात हुँदा तापक्रम माइनस ५ डिग्रीमा झर्‍याे

काठमाडौ-हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो। आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको छ। हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ। मौसम […]

Continue Reading

दिल्लीका विद्यालय भोलिदेखि अनिश्चितकाललाई बन्द हुने

दिल्ली । भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए । पछिल्ला दिनमा दिल्ली विश्वकै प्रदूषित सहरको शीर्षस्थानमा छ । त्यहाँ आउँदा दिनहरु थप कष्टकर हुने चेतावनी विज्ञहरुले दिएका छन् ।

Continue Reading

कोरोना भाइरसविरुद्धको मोर्डना खोप नेपालमा पहिलोपटक भित्रिदै

काठमाडौ । नेपालमा पहिलोपटक कोरोना भाइरसविरुद्धको मोडर्ना खोप आउने भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार एक लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने निश्चित भएको जानकारी दिएको हो । कोभ्याक्स सुविधाअन्तर्गत पहिलोपटक नेपालमा मोडर्ना खोप भित्रिने भएको हो । मोडर्ना खोप कसलाई लगाउने भन्ने निर्णय हुन बाँकी रहेको छ । अमेरिकी कम्पनीले उत्पादन गरेको […]

Continue Reading

भारतले अनिश्चतकालका लागि रोक्यो सबै अन्तराष्ट्रिय उडान

काठमाडौं –  विश्वभर कोरोनाभाइरसको संक्रमण फेरि बढ्न थालेको छ । डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन अहिले विश्वका विभिन्न देशहरुमा फैलिएको छ । केही दिनअघि अमेरिकामा देखिएको अ‍ोमिक्रोन पछिल्लो पटक  २४ मुलुकमा देखा परेको छ । नयाँ भेरियन्ट फैलिन थालेपछि विश्वका विभिन्न देशले उडान पनि बन्द गर्न थालेका छन् ।  यस्तै भारत […]

Continue Reading

नेपालगन्जमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

नेपालगन्ज : नेपालगन्जमा बेवारिसे शव फेला परेको छ। नेपालगंज उप-महानगरपालिका वडा नम्बर १० स्थित जिल्ला प्रशासन कार्यालय बाँके अगाडी सडक पेटिमा बुधबार दिउँसो एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृत भेटिएका पुरुष मुश्लिम समुदायको हुन सक्ने र अन्दाजी उमेर ६० वर्षको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। हाल उक्त शवको मुचुल्का […]

Continue Reading

केपी ओलीलाई बाबुराम भट्टराईले दिए बधाई

काठमाडौं – एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले बधाई दिएका छन् । नेता भट्टराईले सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष ओली र उनको टिमलाई बधाई दिएका हुन् ।  उनले  विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न […]

Continue Reading

बझाङमा २५ किलो लागु औषधसहित एक महिला पक्राउ

बझाङ-प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् । सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए।

Continue Reading

केपी ओली भन्छन् : नेताहरु जनताको सेवक हुन्, घमण्ड गर्नु हुँदैन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले मंगलबार शपथग्रहण समारोहमा बोल्दै सो कुरा बताएका हुन् ।  उनले घमन्डी र अहंकारी नेता नहुने पनि बताए। उनले नेतालाई जनताको सेवक भएको भन्दै सभ्य र सरल हुनुपर्ने बताए । उनले […]

Continue Reading