भूकम्पपीडितलाई चिसोबाट जोगाउनु पहिलो प्राथमिकता : मन्त्री बस्नेत

शुक्रवारको भूकम्पबाट पीडित सर्वसाधारणलाई चिसो र हिमपातबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता हुने ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन्। विगतका अनुभवबाट सिकेर जाजरकोटमा भएको क्षतिलाई पुनःनिर्माण अभियानमा आफूहरु लाग्ने भएकाले त्यो काम अप्ठयारो नभएको उनको भनाइ थियो। पुनःनिर्माण अभियानमा सबै विकास साझेदार निकायको भूमिका महत्त्वपूर्ण हुने समेत उनले बताए। उनले तत्काल राहत व्यवस्थापनको कुरा नै महत्त्वपूर्ण भएको […]

Continue Reading

मन्त्रीहरूको एक महिनाको तलब भूकम्प पीडितलाई दिने निर्णय

सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई दिने निर्णय गरेको छ। बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन्। उनले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय गरेको बताइन्। मन्त्री शर्माले नेपाल […]

Continue Reading

प्राकृतिक विपत्तिसँगै प्रभावितहरूको साथमा सरकार छ : मुख्यमन्त्री शर्मा

भूकम्प प्रभावित क्षेत्रमा रहेका कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले भूकम्प पीडितहरूको तत्कालको समस्या समाधानका लागि प्रदेश सरकार लागि परेको बताएका छन् । राहतका लागि पालिकालाई बजेट पठाउनेदेखि राहत सामाग्री प्रभावित क्षेत्रमा पठाउने कार्य भइरहेको उनको भनाइ छ । भूकम्पले सृजना गरेको विपत्तिलाई सबै एकताबद्ध भएर सामना गर्नुपर्ने उनको भनाइ छ । बुधबार चौरजहारी नगरपालिका–४ का भूकम्प […]

Continue Reading

एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने भएको छ । आज बुधवार केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले यही मङ्सिर १४ गतेदेखि मध्यपहाडी पुष्पलाल लाेकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । विकास, निर्माण र सामाजिक सद्भावसहितको राष्ट्रिय एकताको सन्देश दिने गरी अभियान सञ्चालन गर्ने […]

Continue Reading

नागरिकको अधिकार सुनिश्चित गर्न कानुन कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानलाई कार्यान्वयनमा ल्याउँदै नागरिकको मानव अधिकार संरक्षण गर्न जरुरी रहेको बताएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको २७औँ साधारणसभाको सन्दर्भमा यहाँ आयोजित ‘आजको सन्दर्भमा मानव अधिकार संवैधानिक हक र प्रचलन’ विषयक अन्तरक्रियामा उनले संविधान बनाउनेहरूले कार्यान्वयन गर्ने इच्छाशक्ति देखाउनुपर्ने बताए। “संविधान अनुकूलका कानुन बनाउन ढिलाइ भइरहेको छ, बनाउनुपर्ने कानुनको सरकारी विधेयक […]

Continue Reading

सामान्य समीक्षा गरौँ भनेर हो, कसैसँग तर्सिएका छैनौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र गणतन्त्रप्रति सबै दल एक ठाउँ उभिएको बताएका छन्। मंगलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताको समीक्षात्मक बैठक निरन्तर राख्नेबारे एकमत भएको जानकारी गराए। उनले भने, ‘नेपालको आधुनिक राजनीतिक इतिहासका सन्दर्भमा देशलाई संघीय लोकतान्त्रिक […]

Continue Reading

सल्यानमा गाडी दुर्घटना हुँदा ८ जना घाइते

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। नेपालगञ्जबाट रुकुम पश्चिम जान थालेको भे १ ख ४१३५ नम्बरको फोर्स गाडी सल्यान बनगाड कुपिण्डे नगरपालिका–४ गर्चे नजिक कोटखोलामा मंगलबार बिहान दुर्घटना भएको हो। घाइते हुनेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका–११ की ३२ वर्षीया विमला नेपाली, ३० वर्षीया मनीषा विक, २१ वर्षीया पवित्रा नेपाली, ५८ वर्षीया […]

Continue Reading

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा

राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट पुगेका छन्। उनले भेरी नगरपालिका-३ माथिल्लो थाप्लेमा भूकम्पबाट क्षति पुर्‍याएको संरचनाको अवलोकन गरेका छन्। उनले जाजरकोट जिल्ला अस्पतालमा पुगेर भूकम्पमा परी घाइते भएका बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिए। उनी युरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित क्षेत्रमा पुगेका हुन्। यही कात्तिक २२ देखि मंसिर १ गतेसम्म […]

Continue Reading

जाजरकोटमा फेरी भुकम्प,मानिसहरु घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ

फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै सोमबार अपराह्न अर्को ५.८ रामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएपछि त्रास फैलिएको हो । सोमबार पुनः भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । मानिसहरु घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ हिँडेका छन् । भूकम्प मापन केन्द्रका अनुसार सोमबारको भुकम्प जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ […]

Continue Reading

दुर्गम र गरिब परिवारका भूकम्प पीडितलाई प्राथमितामा राख्न निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा दुर्गमका र गरिब परिवारका भूकम्प पीडितलाई पहिलो प्राथमिकता राख्न निर्देशन दिएका छन्।भूकम्प पीडितको राहत र उद्धारमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन गर्न गएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको धन्यवादले उर्जा मिलेको बताउँदै प्रधानमन्त्री दाहालले आफूले रास्वपाले उठाएका सुझावहरू प्रायः […]

Continue Reading