कालीकोटमा ट्रयाक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

गएराति कालीकोटमा भएको ट्रयाक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । ट्रयाक्टर चालक मुगुको खत्याड गाउँपालिका-५ कवाका अन्दाजी २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोटको पलाँता गाउँपालिका-४ का अन्दाजी २१ वर्षीय रविन्द्र विक, सोही ठाउँका अन्दाजी ३२ कर्षीया सदु बुढा र पलाँता-५ सल्लीकोटकी अन्दाजी २६ […]

Continue Reading

वीरेन्द्रनगरमा दोस्रो डिजिटल कर्णाली कन्क्लेभ आयोजना

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुने भएको छ । वैैशाख ९ र १० गते उक्त कार्यक्रम आयोजना हुने भएको हो । सो कार्यक्रममा प्रदेश र राष्ट्रिय स्तरबाट ५० जना बढी बिज्ञ बक्ताहरु सहभागी हुने मन्त्रालयले जनाएको छ । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दोस्रो संस्करणको डिजिटल […]

Continue Reading

कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत

मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृति गरिएको छ । शुक्रबार बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बैठकले उक्त कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताउनुभयो । कार्यविधिअनुसार अब कृषि उद्योग, पर्यटनलाई प्राथमिकता दिएर योजना बन्ने शाहले जानकारी दिए । त्यसैगरी सङ्गठन संरचना अध्ययन गर्नका लागि उच्चस्तरीय समिति गठन गरिएको छ । लक्ष्मण अर्यालको संयोजकत्वमा तीन […]

Continue Reading

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलकुद मन्त्रालयकै कारण स्थगित भयाे : मुख्यमन्त्री कडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेश सकारको नभई संघीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएको बताउनुभएको छ। खेलकुद क्षेत्रसँग सम्बन्धित संघ र प्रशिक्षकहरुसँगको आज भेटघाट कार्यक्रममा मुख्यमन्त्री कडेलले प्रतियोगिता स्थगित हुनुमा प्रदेश सरकारको कुनै संलग्नता नरहेको समेत स्पष्ट पार्नुभयो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीमा आयोजना हुने […]

Continue Reading

शिक्षामा रूपान्तरण आवश्यक : मन्त्री भण्डारी

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले शिक्षा प्रणालीलाई उत्पादनमा जोड्न आवश्यक रहेको बताउनु भएको छ । बुधबारदेखि वीरेन्द्रनगरमा आयोजित कर्णाली एजुकेशन एक्स्पोको उद्घाटन सत्रमा बोल्दै भण्डारीले ढुङ्गे युगदेखि सूचना प्रविधिको युगमा प्रवेश गर्दा पनि सोही अनुरुप शिक्षामा बढोत्तरी परिवर्तन हुन नसकेको बताउनुभयो । उहाँले अब शिक्षा प्रणालीलाई उत्पादनसंग जोड्न आवश्यक रहेको उल्लेख गर्दै शिक्षा […]

Continue Reading

विद्युत् प्राधिकर मुगुद्वारा अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा सुरु

विद्युत् प्राधिकरण वितरण केन्द्र मुगुले अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा सुरु गरेपछि सेवाग्राही लाभान्वित भएका छन् । ग्राहकको सुविधालाई ध्यान दिँदै वैशाख २ गते बाट अनलाइन प्रविधिबाट महशुल भुक्तानी सेवा सुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र मुगुका प्रमुख साजन ऐडीले जानकारी दिनुभयो । जिल्लाको सदरमुकाम मा रहेको वितरण केन्द्रमै आएर महशुल बुझाउँदै आएका ग्राहकले […]

Continue Reading

जाजरकोटमा फेरि अर्को भूकम्प

जाजरकोटमा सात घण्टाको फरकमा दुईवटा भूकम्प गएका छन्। कुशे गाउँपालिकाको पैङ्क क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति र आज बिहान गरेर दुईवटा भूकम्प गएको हो । पहिलो भूकम्प गएराति (वैशाख १ गते) ९ बजेर ३१ मिनेटमा गएको थियो। केन्द्रका अनुसार उक्त भूकम्प ४.१ म्यागनिच्युटको थियो। त्यसैगरि दोस्रो भूकम्प आज बिहान (वैशाख २ गते मंगलबार) ४ बजेर ५३ […]

Continue Reading

दुई शताब्दी पुरानो जाजरकोट दरबार वर्षा र हावाहुरीले भत्कियो

ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व बोकेको जाजरकोट दरबार भत्किएको छ । विसं १८५२ मा १६ औँ जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा निर्माण भएको दरबार बुधबार रातिको अविरल वर्षासँगै आएको हावाहुरीले भत्किएको हो । बुधबार रातिको अविरल वर्षाले ‘सेतो दरबार’ भनेर चिनिएको दरबार भत्किएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी समीर गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार दरबारको छानोको अगाडिको […]

Continue Reading

कर्णाली नदीमा एक पुरुषको शव फेला

कर्णाली नदीमा एक पुरुषको शव फेला परेको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानी क्षेत्रको कर्णाली नदीमा करिब ५२ वर्ष जस्तो देखिने पुरुषको शव फेला परेको हो । कर्णाली नदीमा बग्दै आएको पुरुषको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीले नदीबाट पुरुषको शव निकालेको छ । शव केही दिन पहिलाको जस्तो […]

Continue Reading

वडाअध्यक्ष कार्कीविरुद्ध यौन दुर्व्यवहारसम्बन्धी जाहेरी

दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष कुलबहादुर कार्कीविरुद्ध दैलेखकै एक महिलाले जिल्ला प्रहरी कार्यालय दैलेखमा यौन दुर्व्यवहारसम्बन्धी जाहेरी दिएकी छिन् । शुक्रबार ती महिलाले जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी दिएकी हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहालले वडाध्यक्ष कार्कीविरुद्ध एक महिलाले जाहेरी दिएको बताउनुभयो। ‘वडाअध्यक्ष कूलबहादुर कार्कीविरुद्ध एक जना महिलाले यौन […]

Continue Reading