अब पार्टीभित्र फरक मत छैन : विष्णु पौडेल (भिडियो सहित )

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टी भित्र फरक मत नरहेको बताउनु भएको छ । पार्टीका संगठन विभाग प्रमुख समेत रहनु भएका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसावले एकतावद्ध रहेको दावी समेत गर्नु भयो । उहाँले पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पार्नु भयो । सोमबार हालै सम्पन्न पार्टीको […]

Continue Reading

सजल न्यौपानेको ‘सोधन’ सार्वजनिक

 न्यु मून फिल्मसको प्रस्तुतिमा म्युजिक भिडियो ‘सोधन’ सार्वजनिक भएको छ l सजल न्यौपानेको आवाज तथा संगीत समावेश गीतमा   रिदम  कँडेलको संगीत संयोजन रहेको छ l अनुप चापागाईँको निर्देशनमा तयार भएको भिडियोलाई बुद्ध थापाले खिचेका छन् l

Continue Reading

तीन अंकका लागि खेल्छौं: किरण चेम्जोङ (भिडियो सहित )

साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले दोस्रो खेल अाज श्रीलंकासँग खेल्दै छ । पहिलो खेलमा साविक विजेता माल्दिभ्समाथि रोमाञ्चक जित निकालेको नेपालले अाज पनि सोही लयलाई निरन्तरता दिने योजनामा छ । नेपाली टोलीका कप्तान किरण चेम्जोङले श्रीलंका बलियो भएको भन्दै निर्धारित ९० मिनेट ३ अंक जोड्ने लक्ष्यका साथ खेल्ने बताए । माल्दिभ्समा जारी माल्दिभ्समा जारी १३ […]

Continue Reading

दशैँलगत्तै बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउछौं: उमेश श्रेष्ठ (भिडियो सहित )

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँ लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभएको छ । आइतवार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताउनुभयो । यसका […]

Continue Reading

प्रतिनिधिसभामा एमालेको बिरोध कायमै (भिडियो सहित )

 प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिहीवारको प्रतिनिधिसभाको बैठक पनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सभाको बैठक सुचारु भएको जनाए लगत्तै एमालेका सांसदहरुले अगाडि आएर प्रदर्शन गरेका हुन् । सभामुख सापकोटाले सभाको बैठकमा भइरहेको नियमित अवरोधले संसदको काम कारबाहीमा समस्या परेको र संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरुको सम्बन्धमा न्याय निरुपणमा प्रतिकुल असर […]

Continue Reading

संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसे: केपी ओली (भिडियो सहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसेको बताउनु भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले अहिलेको सरकारले संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसेको जस्तो देखिएको टिप्पणी समेत गर्नुभयो । प्रमुख सञ्चार माध्यामका सम्पादकहरुसँग मंगलबार अपरान्ह अन्तरक्रिया गर्दै उहाँले सरकारलाई सञ्चार माध्यामहरुले खवरदारी […]

Continue Reading

१० बुँदे कार्यान्वयन गर्ने कार्यदलको संयोजकमा भीम रावल

 नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन गर्न उपाध्यक्ष भीम रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ । सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको पार्टी स्थायी कमिटी बैठकले उपाध्यक्ष रावललाई सो कार्यदलको संयोजक बनाउने निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार बैठकले दश बूँदे सहमती कार्यान्वयनमा केही ठाउँमा समस्या देखिएको उल्लेख […]

Continue Reading