एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभामा आज सम्बोधन गर्दै

काठमाडौं : प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन्। आज दिउसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पद गुमाएपछि ओलीले संसदमा पहिलो पटक सम्बोधन गर्न लागेका हुन्।  सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा […]

Continue Reading

खोकना र बुङमतीको जग्गाको मुआब्जा विवाद छिट्टै समाधान हुन्छ: समिति

संसदीय समितिले काठमाडौं–तराई÷मधेश दू्रतमार्ग अन्तरगत देखिएका जग्गाको मुआब्जासम्बन्धि विवाद छिट्टै समाधान गरिदिने आश्वासन दिएको छ । प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको उपसमितिले सोमबार सो आयोजनाको खोकना–बुङमती क्षेत्रको स्थलगत अनुगमन गरेपछि त्यहाँ देखिएको जग्गाको मुआब्जासम्बन्धि विवाद छिट्टै समाधान गरिदिने आश्वासन दिएको हो । समितिका सदस्य गणेशकुमार पहाडीले स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय र समस्या समाधानका लागि […]

Continue Reading

१३ औं साफ माल्दिभ्समा हुने

काठमाडौंः १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता माल्दिभ्समा आयोजना हुने भएको छ । १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अक्टोबर १ देखी १३ सम्म माल्दिभ्समा आयोजना हुने भएको हो । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव […]

Continue Reading

एमालेमा अध्यक्ष मात्रै महाधिवेशनबाट, बाँकी पदाधिकारी केन्द्रीय समितिले छान्ने प्रस्ताव

काठमाडौंः नेकपा (एमाले)ले महाधिवेशनबाट अध्यक्ष र केन्द्रिय सदस्यहरुमात्रै निर्वाचित गर्ने गरी विधान संशोधन प्रस्ताव तयार पारेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सोमबार बसेको पार्टीको केन्द्रिय समिति बैैठकले महाधिवेशनबाट अध्यक्ष र केन्द्रिय सदस्यहरुमात्रै निर्वाचित हुने गरी विधान संशोधन प्रस्ताव तयारी पारी पार्टीको तल्लो निकायसम्म छलफलका लागि पठाउने निर्णय गरेको हो । प्रस्तावित विधानमा […]

Continue Reading

त्रिविका परीक्षा नियमित रूपमा चल्ने

 त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको सहमतिमै विश्वविद्यालयले भदौ ५ गतेसम्मको परीक्षा सुचारु रूपमा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । विश्वविद्यालयमा हाल वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम […]

Continue Reading

एमाले स्थायी कमिटी बैठक: विधान संसोधन सम्बन्धि प्रस्ताव पारित

काठमाडौंः विधान महाधिवेशनको तयारीमा जुटेको नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संसोधन सम्बन्धि प्रस्ताव पारित गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सोमबार बसेको स्थायी कमिटी बैठकले विधान संसोधन सम्बन्धि प्रस्ताव पारित गरेको हो । स्थायी समिति बैठकबाट विधान संशोधन मस्यौदा पास गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी […]

Continue Reading

पल्सर मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ

साउन २५ कीर्तिपुर नगरपालिका-९, नगाउँ स्थित आफू बस्दै आएको घर अगाडी पार्किङ गरी राखेको स्थानबाट हराएको बा ९४ प ७१६४ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप खाडादेवी गाउँपालिका – ७ घर भई हाल काठमाडैँ नारायणटार बस्ने वर्ष १८ को सुन्दर मगर र रामेछाप सुनापती […]

Continue Reading

जिल्ला ट्राफिक कार्यालय बर्दियाको राजश्व संकलन बढेको छ

जिल्ला ट्राफिक कार्यालय बर्दियाको राजश्व संकलन बढेको छ । आर्थिक वर्ष ०७७-०७८ मा एक करोडबढी राजश्व संकलन गरेको हो । यो आर्थिक वर्ष ०७६-०७७ भन्दा करिव दोब्बरले बढी भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७८-७९ मा एक करोड १५ लाख ९ हजार ५ सय राजश्व संकलन भएको छ । त्योभन्दा अघिल्लो आर्थिक वर्षमा भने […]

Continue Reading

सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय  तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।  सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेशसहित कारण देखाउ आदेश जारी गरेको हो । साथै अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई […]

Continue Reading

जसपाका तीन सांसदको रितमाथि अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्विकार

जनता समाजवादी पार्टी (जसपा) का ३ सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेले दायर गरेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सो रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।  नेकपा (एमाले) का नेता एवम्‌ मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सामेल भएपछि उनीहरूलाई अध्यक्ष उपेन्द्र यादव समूहले कारबाही गरेको थियो। […]

Continue Reading