Category: मनोरञ्जन
आईओएस १५ सार्वजनिक
एप्पलले आईफोनका लागि भर्खरै पछिल्लो अपरेटिङ सिस्टम आईओएस १५ को फाइनल भर्सन सार्वजनिक गरेको छ । निःशुल्क रुपमा डाउनलोड गर्न सकिने गरी उपलब्ध भएको यो नयाँ अपरेटिङ सिस्टम आईफोन सिक्स एस तथा त्यस पछिका आईफोनका लागि उपलब्ध गराइएको हो । आईओएस १५ ले आईफोन एसई र पछिल्लो आईप्याड टच मोडलमा समेत प्रयोग गर्न सकिनेछ । […]
Continue Readingपोल भाडा विवादले बढ्यो इन्टरनेटको मूल्य
इन्टरनेट सेवाप्रदायक र नेपाल विद्युत प्राधिकरण विद्युत पोलको भाडाको विषयलाई लिएर आमनेसामने भएका छन् । विद्युत प्राधिकरणले पोलको भाडा चर्को रुपमा बढाएसँगै इन्टरनेट सेवाप्रदायक र विद्युत प्राधिकरणबीच विवाद चर्किएको हो । विवादकै शृङ्खला चलिरहँदा बिहीबार इन्टरनेट सेवाप्रदायकले इन्टरनेट सेवाको मूल्य समेत बढाउने निर्णय गरेका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) को बैठकले ग्रामीण […]
Continue Readingचलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक सार्वजनिक
बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । द पाल्म ग्रुप प्रा.लीद्वारा निर्माण गरिएको चलचित्र डोल्पा जिल्लाको फोक्सुन्डाे, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा पुगेर छायांकन गरिएको हो । डोल्पा, हुम्ला, मुगु, मुस्ताङ लगायतका हिमाली जिल्लामा कुप्रथाको रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई ‘टुल्की’ मार्फत […]
Continue Readingरचना रिमाल र बुद्ध लामाको नयाँ गीत सार्वजनिक
गायिका रचना रिमाल र बुद्ध लामाको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘जाले रुमाल’ बोलको गीतमा अलबिन थापा र अलेक लामाको शब्द रहेको छ। बुद्ध लामाको कम्पोज रहेको गीत डान्सिङ्ग बिटमा तयार भएको छ। बुद्ध लामाको अफिसियल युट्युब च्यानलबाट रिलिज भएको म्युजिक भीडिओलाई युवराज वाइबाले निर्देशन गरेका हुन्। भिडिओमा ‘डान्सिङ्ग विथ दि स्टार’का कनटेस्टेनहरु […]
Continue Readingरियालिटी शो ‘डान्स च्याम्पियन’ कार्तिक ११ बाट शुरु हुने
आउँदो कार्तिक ११ गते बिहीवारदेखि नेपालकै ठूलो रियालिटी शो ‘डान्स च्याम्पियन’ हुने भएको छ । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.लि.द्वारा कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.का लागि आगामी कार्तिक ११ गतेबाट रियालिटी शो ‘डान्स च्याम्पियन’ शुरु हुने भएको हो । उक्त मेगा शो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ । कार्यक्रमको मार्केटिङ कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.ले गर्ने भएको […]
Continue Reading‘सक्किगोनी’ अब ‘जेपिटी क्रियसन’ युट्युव च्यानलमा
चर्चित हाँस्यटेलिसिरियल ‘सक्किगोनी’ अन्ततः आफ्नै युट्युव च्यानल मार्फत आउने भएको छ। अब विहिबार राती ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियल बाट आउने भएको छ। ओएस आर डिजिटलसँगको ५२ भाग प्रसारणको सम्झौता मिति सकिएकाले अब आफ्नै युट्युवबाट प्रसारण गर्ने निर्णय गरिएको ‘सक्किगोनी’का कलाकार तथा निर्देशक कुमार कट्टेल जिग्रीले जानकारी दिए । ओएसआरसँग […]
Continue Readingचिरञ्जीवी र निरुता फिचर्ड ‘भन्देउ हजुर’ सार्वजनिक
प्रतिमा के.सी र राग पौडेलको आवाज रहेको गीत ‘भन्देऊ हजुर’ सार्वजनिक गरिएको छ । गीतकार रोहित घिमिरेको शब्द रहेको ‘भन्देऊ हजुर’मा सिएल शर्माको सङ्गीत रहेको छ भने सञ्जीव बराइलीको एरेन्ज रहेको छ । ए वान म्युजिसियनमा रेकर्ड गरिएको गीतको भिडियोलाई दिनेश पराजुलीले छायाङ्कन गरेका छन् । भिडियोमा जीवी चिरन ‘चिरञ्जीवी सापकोटा’, निरुता शाही, दिनेश कठायत […]
Continue Readingएक करोडले चलाउँछन् फोरजी
फोरजी सेवा सुरु भएको पाँच वर्षमा यसका प्रयोगकर्ता करिब एक करोड पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार असारसम्म नेपालमा फोरजी चलाउनेको सङ्ख्या ९९ लाख ५४ हजार नाघेको हो । नेपालमा अहिले तीनवटा दूरसञ्चार सेवा प्रदायकले फोरजी सेवा उपलब्ध गराइरहेका छन् । यद्यपि प्रतिस्पर्धा भने मुख्य रूपमा नेपाल टेलिकम र एनसेलबीच मात्र देखिन्छ । प्राधिकरणको […]
Continue Readingमदनकृष्ण श्रेष्ठको ‘जीवनको पाना’ सार्वजनिक
वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठको आवाजमा समावेश गीत ‘जीवनको पाना’ सार्वजनिक भएको छ l बम कुमार श्रेष्ठको शब्द रहेको गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका छन् l देवेन्द्र नेवाले गीतको संगीत संयोजन गरेका हुन् l भिडियोलाई राज केसी निर्देशन गरेकाछन् भने उक्त भिडियोको दृश्य कैद उत्तम हुमागाईँको रहेको छ l
Continue Reading