यो वर्ष दशैँतिहारमा भाडा बढ्दैन : मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवन्द्र दाहालले यो वर्षको दशैँतिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको आइतवारको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन्। इन्धनको मूल्य अनुसार भाडा घटबढ गर्ने प्रावधान भए पनि चाडपर्वका बेला यात्रु थप मारमा नपरून् भन्ने उद्देश्यले यो वर्ष भाडा नबढाउने योजना रहेको उनको भनाइ छ। उनले […]

Continue Reading

रास्वपा बर्खाको खहरे जस्तै हो, सुकेर जान्छ : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी खहरेको बाढी जस्तै भएको बताएका छन्। नेपाल पत्रकार महासंघ पाल्पाको आयोजनामा आइतबार तानसेन गरेको पत्रकार भेटघाट कार्यक्रम उनले रास्वपाको राजनीति बर्खामा आउने खहरेको बाढी भएको बताए। एउटा बर्खा नसकिँदै खहरेको बाढी सुक्छ, कमिला हिँड्न थाल्छ। रास्वपा पनि अब हराउँदै जाने उनले दाबी गरे। विरोधमा रमाएर राजनीति नगर्न […]

Continue Reading

कर्णाली प्रदेश प्रशासन सेवा समुह अन्तर्गतका ८३ कर्मचारिको सरुवा ।

कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले ८३ जना कर्मचारी सरुवा तथा कामकाजमा खटाएको छ । प्रशासन तथा विविध सेवा समुह अन्तर्गत चाैथाे देखि आठौं तहसम्मका नियमित तर्फ गर्नुपर्ने कर्मचारीको सरुवा/कामकाजमा खटाइएको कार्यालयले जनाएको छ। सरुवा तथा कामकाजमा खटाईएका कर्मचारी विवरण यस्तो छ।

Continue Reading

नेपालको समृद्धिको दिगो आधार पर्यटन : महासचिव पोखरेल

नेकपा एमाले महासचिव शंकर पोखरेलले नेपालको समृद्धिको दिगो आधार पर्यटन क्षेत्र रहेको बताएका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोध गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको समृद्धिको आधार पर्यटन रहेको बुझेर संस्कृतिलाई पर्यटनसँग जोड्न जरुरी रहेको बताए। उनले कुनै पनि मुलुकको विकासका लागि जनताको जीवनस्तर माथि उठाउनुपर्ने बताए।  उनले अभाव र गरिबीको बीचमा रहेर […]

Continue Reading

नयाँ पार्टीहरू मुलुकमा अराजकता फैलाउन उद्यत छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै भवितव्यले खुलेका पार्टीहरू देशमा अराजकता फैलाउन उद्यत रहेको टिप्पणी गरेका छन्। शुक्रवार मधेश प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई जनकपुरमा सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। केही पार्टीहरूले आफूलाई नयाँ भन्दै जनतामा भ्रम फैलाइरहेको उल्लेख गर्दै यसतर्फ नागरिक सचेत हुनुपर्ने तर्क गरे। उनले मुलुकको […]

Continue Reading

कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयनका लागि १० बुँदे प्रतिबद्धता ।

कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयनका लागि १० बुँदे प्रतिबद्धता गरेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम कार्यान्वयनका सम्बन्धमा आयोजना गरिएको वार्षिक समीक्षा गोष्ठीमा प्रदेश सरकारले बजेट कार्यान्वयन गर्न प्रतिबद्धता जनाएको हो । कर्णालीका दशै जिल्लाका बिभिन्न कार्यालयका प्रमुखहरू उपस्थित रहेको गोष्ठिलाई सम्बोधन गर्दै मुख्यमन्त्री यमलाल कंडेलले प्रदेश सरकारले गरेका बजेट कार्यन्वयन […]

Continue Reading

पर्यटकीय ठाउँ ढोरपाटन यात्रा स्मरण ।

निर्मला कटुवाल क्षेत्री श्रवाण ३०, आफ्नै गृह जिल्ला म्याग्दी, पूर्वी रुकुम र बागलुङमा फैलिएको प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन पुग्ने मनमा तीव्र इच्छा भएर पनि खोई किन हो, अहिलेसम्म मेसो मिलेको थिएन । दुई दिनमा घुमेर फर्कने कुराबाट सुरु भएको ढोरपाटन घुम्ने योजना यसपटक भने ६ दिनसम्म ढोरपाटनमै घुुम्ने र बुकीपाटनसम्मको […]

Continue Reading

राष्ट्रिय पुँजीको संरक्षणका लागि पार्टीले निरन्तर सङ्घर्ष गरिरहेको छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय पुँजीको संरक्षणका लागि आफ्नो पार्टीले निरन्तर सङ्घर्ष गरिरहेको बताएका छन्। उनले राष्ट्रिय पुँजीको संरक्षण गर्न युवाहरूको महत्वपूर्ण भूमिका हुने बताए। आज प्रविधि र उद्यमशिलतामा सक्रिय युवालाई आफ्मो पार्टीमा स्वागत गर्दै उनले राज्यको नीति निर्माण तहमा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिए। पार्टीमा प्रवेशी […]

Continue Reading

सरकारी कोषहरू कामका लागि भन्दा पनि देखाउनका लागि बनाइएः सूर्य थापा

नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकारी कोषहरू कामका लागि भन्दा पनि देखाउनका लागि बनाइने गरिएको बताएका छन्। अर्थ समितिमा सोमवार वैकल्पिक विकास वित्तसम्बन्धीको विधेयकमाथिको छलफलमा उनले देखाउनका लागि बनाइएका कोषहरूको अर्थ नरहेको बताएका हुन्। उनले वैकल्पिक वित्त कोष पनि त्यसैको नमूना हुनसक्ने जोखिम रहेको बताए। सांसद थापाले वैकल्पिक पुँजी संरचना बनाएर मात्रै कोषलाई परिचालन गर्नुपर्ने […]

Continue Reading

विद्युत् व्यापारबाट साढे चार अर्ब फाइदा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई साढे चार अर्ब फाइदा भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताएका हुन्। “हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ। हामीले विद्युत् आयात परिमाण घटाउँदै […]

Continue Reading