कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्ग बनाउँछौँ :प्रधानमन्त्री ओली

धानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रूपमा अघि बढाइने बताएका छन्। उनले कर्णाली करिडोर कर्णाली र हुम्लावासीको मात्र नभई दुई छिमेकी देशसँगको व्यापारिक मार्ग भएकाले यसलाई तत्काल दुई लेनको बनाइनुका साथै कालोपत्र गरिने बताए। प्रधानमन्त्री ओलीले खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा आज एक समारोहबीच बेलिब्रिजको उद्घाटन गर्दै कर्णाली करिडोरअन्तर्गत पर्ने चुवाखोलामा छिट्टै […]

Continue Reading

शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको म्याद

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई शिक्षा विधेयकको असहमति बुँदामा सहमति जुटाउन पाँच दिनको समय दिएको छ। आज बसेको समिति बैठकमा पाँच दिनको समय दिँदै बैठक स्थगित गरेको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए। समितिका सदस्यहरूले आजै शिक्षा विधेयक पारित गर्नुपर्ने अडान लिएका थिए तर शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग छलफल गर्न थप […]

Continue Reading

हुम्लामा टेलिफोन सेवा अवरुद्ध

हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध भएको छ । खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका विभिन्न वडाका बस्तीमा टेलिफोन सेवाले काम नगर्दा यहाँका सेवाग्राही मर्कामा परेका छन् । खार्पुनाथ गाउँपालिका–१ को पिउस, बोच्चेगौडा, सुनखाडासहित वडा नं ३ को राया, कारङ्गालगायत बस्तीमा यतिबेला टेलिफोन सेवा अवरुद्ध भएको स्थानीय शान्ति शाहीले बताए । दुई […]

Continue Reading

गर्नुपर्ने जति राम्रो गर्न सकेनौँ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भए पनि भने जति गर्न नसकेको बताएका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कसैले देशमा खतरा गरेको छ भनेर पनि नपत्याउन र देशमा केही भएन भनेर भन्नेहरूको कुरा पनि नपत्याउन विद्यार्थीलाई आग्रह गरे। उनले आफूले अध्ययन गरेर मात्रै समर्थन र विरोध […]

Continue Reading

कर्णाली प्रदेशको करिब ३३ अर्बकाे बजेट पारित

प्रमुख प्रतिपक्षी दलसँगको लामो रस्साकस्सी र विवादपछि अन्ततः कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकले ३२ अर्ब ९९ करोड (करिब ३३ अर्ब) रुपैयाँ बराबरको बजेट सर्वसम्मतबाट पारित गरेको हो । अर्थमन्त्री राजविक्रम शाहले असार १ गते मध्यराति बजेट प्रस्तुत गरेसँगै कर्णालीको राजनीतिमा विवादको सुरुवात […]

Continue Reading

भेरी नदी किनारमा पुरुषको शव फेला

सुर्खेत  जिल्लाको बराहाताल गाउँपालिका–४ साजघाट रिङाउस्थित भेरी नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । असार २० गते दिउँसो करिब ३:४० बजे अज्ञात पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अन्दाजी ३० देखि ३२ वर्षको जस्तो देखिने शवलाई अस्थायी प्रहरी पोष्ट तरङ्गाबाट गस्तीमा खटिएको प्रहरी निरीक्षक रमेश कुमार थापाको टोलीले […]

Continue Reading

प्रधानमन्त्री ओली स्पेनमा भएको राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिइ स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिई आज स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले स्वागत गरे। त्यस […]

Continue Reading

एसिसी यु–१६ कप: नेपाल फाइनलमा

साविक विजेता नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल प्रवेश गरेको छ । सेलाङ्गोर टर्फ क्लबको मैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा नेपालले घरेलु टाली मलेसियालाई नौ विकेटले हरायो । जितका लागि मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । लका लागि परिमार्जन […]

Continue Reading

सर्वहाराको नेतृत्वमा समाजवाद तत्काल सम्भव छैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव नरहेको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सर्वहारा वर्गको अधिनायकत्व वा सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव नरहेको बताएका हुन्। उनले मध्यम वर्गलाई अगाडि ल्याउने, राष्ट्रिय पुँजीको विकास गर्ने र दलाल पुँजीपति, बिचौलिया र नोकरशाहले कायम […]

Continue Reading

कर्णाली विकास बैंक घोटाला : पशुपति दयाल पक्राउ

: नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्रलाई प्रहरीले आज धम्बोझी चोकबाट पक्राउ गरेको छ। मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा लिएको सिआइबीका प्रहरी उपरीक्षक तथा प्रवक्ता युवराज खड्काले जानकारी दिए। “बैंकको घोटला प्रकरणमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो”, सूचना अधिकारी रहेका खड्काले […]

Continue Reading