जाजरकोटमा भीरबाट लडेर बालिकाको मृत्यु

जाजरकोटमा भीरबाट लडेर बालिकाको मृत्यु भएको छ। छेडागाड नगरपालिका-१ जाल्माका डिलबहादुर नेपालीकी छोरी १४ वर्षीया मनिषाको मृत्यु भएको हो। बुधबार घर नजिकैको जङ्गलमा घाँस काट्न गएको वेला उनी भीरबाट लडेको प्रहरीले जनाएको छ। यता जुनिचाँदे गाउँपालिका ११ स्थित खानाखोला भन्ने ठाउँमा खोला तर्दै गर्दा चिप्लिएर तीन दिनअघि बेपत्ता भएका २१ वर्षीय तेजबहादुर रोकाया अझै भेटिएका […]

Continue Reading

नागपञ्चमीका दिन कर्णालीमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले नागपञ्चमीमा सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार सूचना जारी गर्दै नागपञ्चमीका दिन सार्वजनिक बिदा दिने जनाएको हो। गत वैशाख १७ गते बसेको मन्त्रिपरिषद बैठकले नै साउन २५ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता उत्तम न्यौपानेले जानकारी दिए।

Continue Reading

कर्णालीका मुख्यमन्त्री कँडेललाई दोस्रोपल्ट विश्वासको मत प्राप्त

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत पाएका छन्। मुख्यमन्त्री कँडेलले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभासमक्ष प्रस्ताव पेश गरेका थिए। ४० सदस्यीय प्रदेशसभामा ३८ जना सांसद सहभागी थिए। कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने राप्रपा सांसद सन्तोषी शाही बैठकमा उपस्थित भइनन्। सभामुखसहित ३८ […]

Continue Reading

कर्णालीलाई विकट भनिन्छ, कर्णालीलाई विराट भन्नुपर्ने बेला आउँदै छ : उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णाली विकट नभई विराट रहेको बताएका छन्। सोमबार काठमाडौंमा पुनः प्रदर्शनमा आउन लागेको चलचित्र बुलाकीको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कर्णाली पहिला विकट भए पनि अहिले विराट रहेको बताए। उनले कर्णाली सभ्यता, स्रोत, साधनले भरिपूर्ण रहेको उल्लेख गर्दै मुलुकको सबै तहमा हस्तक्षेप गर्ने क्षमता अब कर्णाली […]

Continue Reading

कर्णालीमा बजेट कार्यान्वयनको अवस्थालाई सुधार गर्न ९ बुँदे प्रतिबद्धता

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०८०/०८१ को समीक्षा गरेको छ । मुख्यमन्त्री यामलाल कँडेलेको अध्यक्षतामा बिहीबार गरिएको उक्त कार्यक्रममा प्रदेश सरकार मातहतका सबै कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सरकार ठिक ढङ्गले चल्न नसकेको, बजेट कार्यान्वयन कमजोर रहेको, जुन तरिकाले सरकारले सेवा प्रवाह गर्नुपर्ने हो त्यो अनुसार नभएको लगायतका विषयमा गम्भीर समीक्षा भएको छ […]

Continue Reading

कर्णालीमा नयाँ गठबन्धनलाई सहजता प्रदान गर्न सरकारबाट बाहिरिने माओवादी मन्त्रीहरूकाे तयारी

केन्द्रमा समीकरण बदलिएर नेपाली कांग्रेस र नेकपा एमालेसहितको नेतृत्वमा सरकार बनेसँगै कर्णाली प्रदेशमा यसअघि नेकपा माओवादीबाट बनेका मन्त्रीहरूले नयाँ गठबन्धनलाई सहजता प्रदान गर्न सरकारबाट बाहिरिने तयारी गरेका हुन् । यद्यपि मुख्यमन्त्री यामलाल कँडेल सङ्घीय राजधानी काठमाडौँ भएकाले मन्त्रीहरू मुख्यमन्त्रीको प्रतीक्षामा छन् । ०८० चैत्र २७ गते नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थनमा एमाले संसदीय दलका […]

Continue Reading

नलगाड नगरपालिकाले मासुभात र घुमघाममै सक्यो १ करोड ७ लाख

महालेखापरीक्षकको कार्यालयको आव ०७९/८० को लेखापरीक्षण प्रतिवेदन २०८१ का अनुसार जाजरकोटको नलगाड नगरपालिकाले ठूलो मात्रामा अनियमितता गरेको औँल्याएको छ। नलगाडले वर्षभरि गरेको आन्तरिक आयको दोब्बरभन्दा बढी रकम पदाधिकारीको सुविधाका लागि खर्च गरेको प्रतिवेदनले औँल्याएको छ। यसैगरी आन्तरिक आयको करिब ९० प्रतिशत रकम मासुभातमा खर्च गरेको पाइएको छ। मासुभात, भ्रमण खर्च, पालिकाका पदाधिकारी सुविधा, इन्धन खर्चलगायतमा […]

Continue Reading

रुकुमपश्चिमका भूकम्प पीडितलाई दोस्रो किस्ता उपलब्ध

गत कात्तिक १७ गते राति जाजरकोटमा केन्द्रविन्दु भएर गएको भूकम्पबाट घर क्षति भई लाभग्राही कायम भएका रुकुमपश्चिमका १६ हजार भूकम्पीडितका लागि दोस्रो किस्ताको रकम निकासा भएको छ । जिल्ला प्रशासन कार्यालयले १६ हजार लाभ्रग्राहीलाई अस्थायी आवास निर्माणबापतको ४० करोड रुपियाँ सम्बन्धित स्थानीय तहमा पठाइ सकिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले भूकम्पबाट प्रभावित घरपरिवारलाई आवास […]

Continue Reading

कर्णाली सरकारको एक महिनामा पाँच अर्बभन्दा बढी भुक्तानी

जेठ महिनासम्म काम नगर्ने र आर्थिक वर्षको अन्तिम महिना असारमा बजेट खर्च गर्ने प्रवृत्ति कर्णाली प्रदेशमा यस वर्ष पनि दोहोरिएको छ । जेठ महिनासम्म बजेट खर्चमा ध्यान नदिएको प्रदेश सरकारले असार लागेसँगै भुक्तानीलाई तीव्रता दिएको हो । सरकारले असारका २३ दिन (आइतबारसम्म) पाँच अर्ब ७६ करोड ३३ लाख ८४ हजार ११०.६५ रुपियाँ बजेट खर्च गरेको […]

Continue Reading

अवरुद्ध भएको सात दिनपछि उडान सञ्चालन

मुगुस्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन भएको छ । अविरल वर्षाका कारण सात दिनदेखि अवरुद्ध हवाई उडान आजदेखि पुनः सञ्चालनमा आएको हो । रारा नागरिक उड्यन कार्यालय ताल्चका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि आज समिट र तारा एअरले उडान गरेका हुन् । हवाई उडान नहुँदा यात्रुहरू मुगुमै बस्न बाध्य थिए । […]

Continue Reading