भन्सार छलीको अबैध सामानसहित मोटरसाइकल सशस्त्र प्रहरीद्वारा बरामद ।

सशस्त्र प्रहरीले अवैध भन्सार छलीको सामान बरामद गर्नेक्रम जारी राखेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीबाट सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलिले ठूलो परिमाणमा अवैध सामानसहित मोटरसाइकल बरामद गरेको हो । भारतबाट मोटरसाइकलमा भन्सार छलि भित्र्याइएको लत्ताकपडा तथा किराना सामान, सुपर पावर सुर्ती बरामद गरिएको उक्त गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक अशोक […]

Continue Reading

संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसे: केपी ओली (भिडियो सहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसेको बताउनु भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले अहिलेको सरकारले संविधान मिच्दा पनि सञ्चार माध्याम चुप लागेर बसेको जस्तो देखिएको टिप्पणी समेत गर्नुभयो । प्रमुख सञ्चार माध्यामका सम्पादकहरुसँग मंगलबार अपरान्ह अन्तरक्रिया गर्दै उहाँले सरकारलाई सञ्चार माध्यामहरुले खवरदारी […]

Continue Reading

आयोजकले रोयल ओभरीलाइ पराजित गर्यो।

राप्तिसोनारी गाउँपालीका वडा न. ८ समशेरगन्जमा संचालन भैरहेको फुटबल प्रतियोगितामा आयोजक टोलि राप्तीसोनारी टाइगर स्पोर्ट्स क्लबले जित हासिल गरेको छ। आज भएको पहिलो खेलमा आयोजक टोलिले बालापुरलाई १ : ० गोल अन्तरले पराजित गरेको थियो । आज दिउँसो २ बजे भएको उक्त खेलको एकमात्र गोल आयोजक “ए” टिमका किशन पुनले गोल गरेको थिए। आजै भएको […]

Continue Reading

कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ’ए’ खुवाइने

काठमाडौँ – कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ’ए’ खुवाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ’ए’ क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने भएको हो।  ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा पनि दिइने भएको छ। यसअघि कात्तिक २ र ३ गतेका […]

Continue Reading

प्रदेश २ मा असोज १३ गते सार्वजनिक बिदा

काठमाडौं – प्रदेश–२ सरकारले असोज १३ गते सार्वजनिक बिदा दिएको छ । असोज १३ गते बुधबार जितिया पर्व परेकोले सो अवसरमा प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो । मुख्यमन्त्री लालबाबु राउतले सोमबार शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण बर्तालु महिलालाई निष्ठापूर्वक जितिया पर्व मनाउन आग्रह गरेका छन् । प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाका लागि […]

Continue Reading

नेत्र भण्डारी र समिक्षा अधिकरीको सुमुधुर आवाजमा “माया माकुरीको” रिलिज (भिडियो)

काठमान्डौं : नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक हुन् नेत्र भण्डारी। सुमुधुर आवाजका धनि नेत्रका सयौं गीतहरु बजारमा छन्। जस अन्तर्गत अधिकांश गीतहरु दर्शक स्रोता माझ लोकप्रीय छन्। संख्यात्मक भन्दा पनि गुणात्मक गीतमा बढी ध्यान दिने नेत्रको नयाँ गीत बजारमा छ। केही दिन अघि रिलिज “माया माकुरीको” बोलको गीतमा नेत्रको सुमुधुर आवाज सुन्न […]

Continue Reading

अहिलेको सरकार असक्षम र अदूरदर्शी नेपाल स्काउटका निःवर्तमान संयोजक लोकबहादुर भण्डारी

नेपाल स्काउटका निःवर्तमान संयोजक लोकबहादुर भण्डारीले अहिलेको सरकार असक्षम र अदूरदर्शी रहेको दाबी गर्नुभएको छ । सोमवार काठमाडौंमा आयोजित नेपाल स्काउट विशेष पत्रकार सम्मेलनमा निःवर्तमान संयोजक भण्डारीले संस्थामा आफूले पूरा जिम्मेवारी निभाएको तर स्काउटको ऐन, कानून बनाउने कुरामा सरकार असक्षम र अदूरदर्शी रहेको दाबी गर्नुभएको हो । उहाँले केही मिलेमतोमा चल्ने र स्काउटलाई अघि बढ्नै […]

Continue Reading

एनभिए भलिबल च्याम्पियनसिपः पुलिस र गलकोट अग्र स्थानमा

नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस क्लब छैटौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेका छन् । पुलिसले दोस्रो दिन मणिमुकुन्द भलिबल क्लबलाई ३ – ० सोझो सेटमा पराजित गर्दै अंक तालिकामा पहिलो स्थान बनाउन सफल भएको हो । पुलिसले मणिमुकुन्दलाई २१ – १४, २१–१५ […]

Continue Reading

१० बुँदे कार्यान्वयन गर्ने कार्यदलको संयोजकमा भीम रावल

 नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन गर्न उपाध्यक्ष भीम रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ । सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको पार्टी स्थायी कमिटी बैठकले उपाध्यक्ष रावललाई सो कार्यदलको संयोजक बनाउने निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार बैठकले दश बूँदे सहमती कार्यान्वयनमा केही ठाउँमा समस्या देखिएको उल्लेख […]

Continue Reading

राप्ती सोनारी सम्शेरगन्जमा ढकेरीले हरायो नवलपुरलाइ।

सम्वाददाता : डम्बर केसि राप्ती सोनारी गाउपालिका वडा न. ८ सम्शेरगन्जमा संचालन भैरहेको राप्तिसोनारी वडा स्तरीय फुटबल प्रतियोगितामा आजको उद्घाटन खेलमा ८ न. वडा ढकेरीले ३ न. वडा नवलपुरलाई पराजित गरेको छ। सम्शेरगन्जको पेरानी फिल्डमा भएको प्रथम खेलमा नवलपुरलाई ढकेरीले हराएको छ। ढकेरीका लागि हरिले गोल हानेका थिए। त्यस्तै नवलपुरका निरजले गोल हानेका थिए। खेल […]

Continue Reading