राँगोको मार हान्न म्याग्दीमा ४ लाख ९२ हजार बोलकबोल।
असोज,१४ । म्याग्दी रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) चार लाख ९२ हजार रुपैयाँको बोलकबोल भएको छ । मंगलबारको कालरात्रीमा भएको खुला बडीबढाउमा (एकघण्टाको समय सिमा) रघुगंगा गाउँपालिका– २ नागनागी निवासी भगवान खत्रीले सबैले भन्दा धेरै चार लाख ९२ हजार रुपैयाँ रकम तिर्ने कबोल […]पूरा पढ्नुहोस् »प्रचण्ड आगामी महाधिवेशनमा उम्मेदवार बन्नुहुन्न : वर्षमान पुन
नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले पार्टीका अध्यक्ष प्रचण्ड आगामी महाधिवेशनमा उम्मेदवार नबन्ने खुलासा गरेका छन्। शुक्रवार काठमाडौँमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन्। उनले भने‚ ‘अध्यक्ष प्रचण्ड आगामी महाधिवेशनको उम्मेदवार हुनहुन्न र प्रतिस्पर्धा गर्नुहुन्न।’ आजबाट आफूहरू पदाधिकारी नभई महाधिवेशन आयोजक समितिको सदस्य भएको बताए। पार्टीले जेन जी […]पूरा पढ्नुहोस् »नयाँ पुस्ताले उठाएका मुद्दालाई हल्का नठानौँ : बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडकमा पोखिएको नयाँ पुस्ताको अभिव्यक्तिलाई हल्का नलिन सबैलाई आग्रह गरेका छन्। उनका अनुसार यो आन्दोलन गहिरो राजनीतिक असन्तोषको परिणाम हो, जसले भविष्यमा नयाँ राजनीतिक संरचना निर्माण गर्ने संकेत दिएको छ। ‘नयाँ पुस्ताले उठाएका मुद्दालाई हल्का रूपमा लिनु हुँदैन। यो आन्दोलनले नयाँ युगको सुरुवात गरेको छ’‚ भट्टराईले भने। नयाँ पुस्ता (जेनजी)भन्नाले सन् […]पूरा पढ्नुहोस् »
समाचार
स्वास्थ्य/खेलकुद
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन्। सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचना भएको छ। ‘यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन, उनले भने , ‘म राजीनामा दिँदैछु।’
अर्थ/वाणिज्य
विद्युत् व्यापारबाट साढे चार अर्ब फाइदा : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई साढे चार अर्ब फाइदा भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताएका हुन्। “हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ। हामीले विद्युत् आयात परिमाण घटाउँदै […]
सरकार कर बक्यौता उठाउन अभियान थाल्दै
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्य हासिल गर्न सरकार विशेष कार्ययोजनासहित कर बक्यौता असुलीको अभियानमा जुट्ने बताएका छन्। प्रतिनिधिसभामा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले राजस्व परिचालनमा तीव्रता ल्याउन र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) नियन्त्रण गर्न व्यापक नीति तथा कार्यक्रम अघि सारिएको जानकारी दिए। सांसद सूर्यप्रसाद गौतमले उठाएको प्रश्नको जवाफमा […]
सुचना प्रविधि
दार्चुलामा हिमपहिरो : ७ जनाको उद्धार, ५ जना अझै बेपत्ता
दार्चुलाको हिमाली क्षेत्रमा आएको हिमपहिरोमा परेका सातजनाको उद्धार गरिएको छ। हिमपहिरोमा परेका ५ जना भने अझै बेपत्ता रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्याम चौधरीले जानकारी दिए। उनका अनुसार यसअघि ४ जना बेपत्ता भनिएकोमा अहिले सुरक्षानिकायको टोली सोही स्थानमा पुगेर बुझ्दा ५ जना अझै बेपत्ता रहेको खुलेको छ। मंगलबार जिल्लाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरो […]
कमल थापाको चुनावी खर्च साढे १५ लाख
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा साढे १५ लाख रूपैयाँभन्दा बढी खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा मकवानपुर क्षेत्र १ बाट सूर्य चिह्न लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्ष थापाले १५ लाख ३७ हजार ३४० रूपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका […]